प्रदेश संग्रहालय पोखराले संग्रहालय शैक्षिक कार्यक्रम जोड दिने

पोखरा न्यूज । । पोखरा नयाँबजार स्थित प्रदेश संग्राहलयले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलनमा जोड दिने भएको छ ।

प्रदेश सरकार गठनसंगै गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयद्वारा सञ्चालित प्रदेश संग्रहालयको प्रवद्र्धन गर्न यस्तो जोड दिइएको हो । पोखरामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी संग्रहालय शैक्षिक कार्यक्रम र संग्रहालयमा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने गरी सामाग्रीहरु संकलन गर्ने वताइएको छ ।

प्रदेश संग्रहालय पोखराको कार्यलय प्रमुख करुणा राईको संग्रहालयमा अवलोकन गर्न आउनेका लागि संग्रहालयको प्रवद्धन गर्न जरुरी रहेको बताउनुभयो । प्रदेश संग्रहालय तत्कालीन समयमा क्षेत्रीय विकासको सन्तुलनमा टेवा पु¥याई पर्यटन उद्योगको संवद्र्धन र विकास गर्ने हेतुले २०४१ माघ २३ गते क्षेत्रीय संग्रहालय सर्वसाधरणको लागि खुल्ला गरिएको भएतापनि राजनितिक परिवर्तन संगै २०७५ भदौ २४ देखि प्रदेश संग्रहालयको रुपमा रुपान्तरण भइ प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत सञ्चालन हुदै आएको छ ।

पछिल्ला वर्ष सग्रहालयमा आउने अवलोकन कर्ता न्यून मात्रामा छन् । वढी मात्रामा भारतीय पर्यटक आउने उक्त संग्रहालय कोरोनाका कारण संग्रहालय सुनसान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button