पोखराका ३४ जना सहित प्रदेशमा थप ५८ जनामा कोरोना पुष्टि

पोखरा न्यूज । पोखरा महानगरपालिकाका ३४ जना सहित मंगलबार गण्डकी प्रदेशमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा आज पुष्टि भएका सहित कोरोना संक्रमितको संख्या १४ हजार ८११ पुगेको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पुष्टि भएका संक्रमितहरु कास्कीका ३६ जना, नवलपरासी पूर्वका ७ जना, बाग्लुङका ८ जना, लमजुङका ४ जना, गोरखका १ जना, म्याग्दीका २ जना छन् ।

कास्कीको पोखरा महानगरपालिका वडा नं २ का १ महिला, वडा नं ४ का १ पुरुष, वडा नं ५ का १ महिलामा, वडा नं ६ का १ महिला, वडा नं ७ का १ महिला र १ पुरुष, वडा नं ८ का ३ महिला र ४ पुरुष, वडा नं १० का १ महिला र १ पुरुष, वडा नं ११ का १ पुरुष, वडा नं ११ का १ पुरुषमा संक्रमण पुष्टि भएको छ । महानगरपालिका वडा नं १२ का ३ पुरुष, वडा नं १३ का १ पुरुष, वडा नं १४ का १ महिला र ४ पुरुष, वडा नं १६ का १ पुरुष, वडा नं १७ का १ पुरुष, वडा नं १९ का १ महिला र १ पुरुष, वडा नं २५ का २ पुरुष, वडा नं २७ का १ पुरुष, वडा नं २९ का १ महिला र वडा नं ३० का १ महिलामा कोरोना पुष्टि भएको जनाइएको छ ।
माछापुच्छ्रे गाँउपालिकाका २ पुरुष र मादी गाँउपालिकाका १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । वाग्लुङ नगरपालिकामा १ महिला र ४ पुरुषमा, जैमिनी गाँउपालिकाका १ पुरुषमा, काठेखोला गाँउपालिकाका १ पुरुषमा र ताराखोला गाँउपालिकाका १ महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी गोरखाको शहिद लखन थापा गाँउपालिकाका १ जना महिलामा, म्याग्दीको बेनी नगरपालिकाका २ जना महिलामा, नवलपरासी पूर्वको देवचुलीका १ महिला, गैडाँकोटका ४ पुरुष र हप्सेकोटका १ पुरुष र मध्यविन्दुका १ पुरुषमा संक्रमण देखिएको छ । लमजुङको कोल्हासोथार गाँउपालिकाका १ महिलामा, सुन्दरबजार नगरपालिकाका २ जना महिलामा र राइनास नगरपालिकाका १ जना महिलामा संक्रमण देखिएको छ ।

संक्रमित मध्ये २६ जना कन्याट्रयाक्क ट्रेसिङबाट क्षयरोग उपचार केन्द्र पोखरा, २४ जना पोखरा स्थित लाइफ केयर एण्ड डायग्नेष्टिक प्रालि र ८ जना संक्रमितहरुको चितवन मेडिकल कलेज तथा भरतपुर अस्पताल चितवनको फिभर क्लिनिकमा गरिएको परिक्षणबाट पहिचान भएको निर्देशनालयले जानकारी दिएको छ । निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button