गोरखामा भीरबाट लडेर पुरुषको मृत्यु

पोखरा न्यूज । गोरखामा एक पुरुषको भीरबाट लडेर मृत्यु भएको छ ।

शहिद लखन थापा गाउँपालिका-७ थापागाँउ निवासी ७२ वर्षीय रामबहादुर थापाको भीरबाट लडेर मृत्यु भएको हो । थापागाउँ नजिकैको भीरबाट सोमबार राति खसेर बेपत्ता भएका थापाको शव मंगलबार बिहान मात्र भेटिएको थियो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button