गण्डकी प्रदेशमा थप ३६ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा बुधबार दिउँसोसम्म कोरोना संक्रमितको संख्या १४ हजार ८४७ पुगेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुुसार बुधबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीका २७ जनामा, लमजुङका २ जना, पर्वतका २ जनामा, बाग्लुङका २ जनामा, तनहुँका १ जनामा, स्याङ्जाका १ र म्याग्दी बेनीका १ जनामा संक्रमण देखिएका निर्देशनालयले जनाएको छ ।

पोखरा महानगरपालिकाको वडा नं १ मा ३ जना महिला र १ जना पुरुष, वडा नं ४ का २ महिला र ५ पुरुष, वडा नं ५ का १ पुरुष, वडा नं ६ का १ पुरुष, वडा नं ८ का १ महिला, वडा नं ९ का १ महिला र २ पुरुष, वडा नं १० का २ पुरुष, वडा नं ११ का ३ महिला र १ पुरुष, वडा नं १३ का २ पुरुष र वडा नं १५ का १ महिला र १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी बाग्लुङको काँठेखोला गाँउपालिका वडा नं १का १ जना, वडा नं २ का १ महिला, लमजुङ वेशिसहर नगरपालिका वडा नं ११ का १ पुरुष, मध्यनेपाल नगरपालिका वडा नं ३ का १ पुरुष, म्याग्दी बेनी नगरपालिका वडा नं ७ का १ पुरुष, स्याङ्जाको आँधीखोला गाँउपालिकाको वडा नं ४ का १ पुरुष, तनहुँको व्यास नगरपालिका वडा नं २ का १ पुरुष, पर्वतको कुश्मा नगरपालिका वडा नं ५ का १ महिला र १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार २५ जना संक्रमितहरुको पहिचान लाइफ केयर एण्ड डायग्नेस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट भएको हो । ११ जना संक्रमितहरु कन्याट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । उनीहरुको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको बताइएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता समेत रहनु भएका डा. शर्माले संक्रमितहरुकोलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको पनि जानकारी दिनु भएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button