खेमको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक

पोखरा न्यूज । कलाकार खेम गुरुङको लोकगीत ‘घर त गलकोट’ सार्वजनिक भएको छ । सानै उमेरदेखि लोक दोहोरी क्षेत्रमा रुचि राख्ने र विभिन्न प्रतियोगितामा समेत सहभागी बन्ने गरेका कलाकार गुरुङको पहिलो एल्बम युट्युव मार्फत सार्वजनिक भएको छ ।

‘लोकदोहोरी भनेपछि हुरुक्कै हुन्थे, विभिन्न समस्याको कारण गीत रेकर्ड गर्न सकेको थिएन, लामो संघर्ष पछि मेरो सपना साकार भएको छ,’ गुरुङले भने । आफ्नै लय, शब्द र संगीतमा गीत तयार पारेको उनले बताए ।

केही समय बिदेशमा रहँदा जन्मभूमिको मायामा डुबेर गीत तयार पारेको र अहिले सार्वजनिक गरेको उनले बताए । गीतको म्युजिक भिडियो पनि जन्म गाउँ गलकोट मै तयार गरेको उनले जानकारी दिए । गलकोट नगरपालिका ९ बास्खोलामा जन्मिएका गुरुङले जन्मभूमिलाई देश विदेशमा चिनाउने आफ्नो लक्ष्य रहेको बताए ।

आर्थिक अभावको कारण विदेशिनु पर्दा लोकदोहोरीको यात्रालाई निरन्तरता दिन नसकेको भन्दै आगामी दिनमा निरन्तर लाग्ने उनले बताए । उक्त गीतको म्युजिक भिडियोमा कलाकार खेम गुरुङ, सिवानी कार्की र बिपिन मल्लको अभिनय रहेको छ ।

राजन केसी ‘मोहन’ ले निर्देशन गरेको भिडियोको सम्पादन कलाकार राजन केसीले गरेका छन् । म्युजिक भिडियो कलाकार ईश्वर सिंहको युट्युव च्यानल ईश्वर सिंह मार्फत सार्वजनिक भएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button