आजको राशिफल : पुष २३ गते बिहीबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–पौष–२३, विहीबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको ०७, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः नवमी घ.प.ः३८ः५०(२२ः२९), नक्षत्रः चित्रा घ.प.१९ः५१, योगः सुधृति, करणः तैत्तिल, आनन्दादी योग ः चर

चन्द्रमाः तुला, सूर्यः धनु, अयनः दक्षिण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः२४

आजको राशिफलः

मेष. आजको तपाईको दिन राम्रो रहेको छ । आफन्तले सहयोगको हात बढाउनेछन् । बोलिमा प्रभाव बढेर जाँदा गरेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । आज शत्रुता भन्दा पनि मित्रता गाँसिने दिन रहेको छ ।

वृष. बोलिमा विचार पु¥याउनुपर्ने देखिन्छ । अपजस पाउने दिन रहेकाले विचार पु¥याएर मात्र काममा हात हाल्नुहाला। नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मिथुन. मनमा द्विविधा बढ्दा काम बिग्रने सम्भावना रहेको छ । अध्ययनमा खासै प्रगती देखिदैन । आर्थिक कारोबारमा समस्या आउने भएकाले नयाँ व्यवसायमा हात नहाल्दै राम्रो हुने देखिन्छ । बोलिमा विचार पु¥याउनुहोला ।

कर्कट. तपाईको आजको दिन मध्यम तवरले बित्ने देखिन्छ । धैर्यताका साथ काम गर्नुपर्ने दिन रहेको छ । राम्रो गर्दागर्दै पनि नराम्रो खप्कि खानुपर्ने देखिन्छ । आलस्यताले गर्दा काममा केही ढिला र नैराश्यता छाउनेछ ।

सिंह. आजको दिन तपाइको लागि ठिकै रहेको छ । धैर्यता, साहस र पराक्रमको मात्रा बढेर जाने देखिन्छ । बोलिमा प्रभावकारिता र दम आउनेछ । समाजले तपाईको खोजी गर्नेछ । समग्रमा तपाइको लागि आज मनमा सन्तोष छाउनेछ ।

कन्या. तपाइको आज त्यति राम्रो देखिदैन । कारोबारमा नोक्सानी हुन सक्नेछ । कर्मचारी वा आफन्त, साथिभाइबाट धोका हुने सम्भावना पनि उत्तिकै रहेको छ । तपाइको मान सम्मानप्रति आँच आउने भएकाले सावधानी अपनाउनुहोला ।

तुला. तपाइको आजको दिन उत्कृष्ट रहेको छ । तपाईले सोचेका कामहरुले पूर्णता पाउनेछन् । स्वास्थ्यले साथ दिदा नयाँ यात्राको सम्भावना रहेको छ । मिष्ठान्न भोजनको सम्भावना रहदा नयाँ नयाँ साथिभाइसँग मिलन हुने देखिन्छ ।

वृश्चिक. तपाइको आजको दिन सन्तोषजनक रहेको छ । मनमा शान्तिपन बढेर आँदा आनन्दको अनुभूति हुनेछ । आर्थिक तथा सामाजिक उल्लेख्य प्रगती हुने देखिन्छ । प्रेम सम्बन्ध झाँगिदै जाने समय रहेको छ ।

धनु. साथिभाइको सङ्गतले नै अधुरा कामहरुले पूर्णता पाउनेछन् । बिग्रेको स्वास्थ्यले साथ दिदा राजनैतिक क्षेत्रमा ठूलो फट्को मार्ने सम्भावना रहेको छ । धार्मिक कार्यमा हात हाल्दा अझ नसोचेको फाइदा मिल्नेछ ।

मकर. तपाईको दिनमा आज त्यति राम्रो छैन । खानपिनमा विचार नपु¥याउँदा स्वास्थ्यले साथ दिनेछैन । अर्थक्षेत्रको कर्ममा विचार नपु¥याउँदा हानि हुन सक्ने भएकले सावधानि अपनाउनुपर्ने देखिन्छ ।

कुम्भ. दिनले साथ दिएको छ । रोकिएका काम कारबाही पुर्णताको दिशामा जानेछन् । अध्ययनको क्षेत्रमा सफलता प्राप्ति गर्ने समय रहेको छ। साथिभाइले साथ दिदा मनले आनन्दको महसुस गर्ने देखिन्छ ।

मीन. तपाईले गरेको कार्यमा सन्तानको पूर्ण साथ र समर्थन रहेको छ । यश, कीर्ति र पराक्रम बढ्दा शत्रु डराउने यो रहेको छ। आर्थिक क्षेत्रहरुबाट सकारात्मक सन्देश छाउने छ भने नयाँ र सकाराम्मक सन्देशले मन प्रफुल्ल बनाउनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button