
पोखरा न्यूज । धार्मिकरुपले महत्वपूर्ण सुन्दर पर्यटकीय नगरी पोखराको बिन्ध्यवासिनी मन्दिरमा यतिखेर सुनसान जस्तै देखिएको छ ।
कोभिड–१९ को सम्भावित जोखिमको प्रत्यक्ष असरमा धार्मिक क्षेत्रमा पनि परेसँगै सधैँजसो चहलपहल हुने गरेको बिन्ध्यवासिनी मन्दिरमा यतिखेर अत्यन्त कम सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेका छन् ।
दैनिक तीन हजार सम्म तीर्थालुले दर्शन गर्ने गरेको सो मन्दिरमा पछिल्लो समय फाट्टफुट्ट मात्रै दर्शनार्थी आउने गरेका छन् । बिन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरमा दैनिक पूजाआजा गर्दै आइरहेको छ ।
कोभिड पुर्वको अवस्थामा प्रत्येक शनिबार मन्दिरमा गर्दै आइएको विशेष आरती भने रोकिएको छ ।