आजको राशिफल : पुष २४ गते शुक्रबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–पौष–२४,शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको ०८, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः दशमी घ.पः३२ः५५(२०ः०८), नक्षत्रः स्वाति घ.प.१५ः४१, योगः धृति, करणः वणिक, आनन्दादी योगः गद

चन्द्रमाः तुला, सूर्यः धनु, अयनः दक्षिण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः२४

आजको राशिफलः

मेष. आजको तपाईको दिन राम्रो रहेको छ । मन सुविचारले आउँदा कामहरु सफलताका साथ सम्पन्न छ । आफन्तले सहयोगको हात बढाउनेछन् । मित्रता गाँसिने दिन रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

वृष. तपाइको दिन मध्यम तवरमा व्यतित हुनेछ । अपजस पाउने दिन रहेको छ। नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । दुर्घटना हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्नेछ योग रहेको छ । काममा व्यवधान हुने देखिन्छ ।

मिथुन. मानसम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्लता बढ्नेछ । सन्तोष गरेर नै दिन व्यतित हुनेछ ।

कर्कट. आजको दिनमा गरेका कार्यमा व्यवधान आउने सम्भावना रहेको छ । मान सम्मानमा आँच पुग्ने सम्भावना रहेको छ । आलस्यताका हुनुका साथै पढाइमा मन जाने देखिदैन । मन भने स्थिरभावना रहने देखिदैन ।

सिंह. आज तपाइको लागि राम्रो रहेको छ । आफन्त तथा इष्टमित्रको सहयोगबाट नै अधुरा कामहरु बन्नेछन् । मनमा हौसला बढ्ने देखिन्छ । बोलिमा प्रभाव बढ्नेछ । नयाँ कार्य थालनी गर्दा राम्रो हुने देखिन्छ ।

कन्या. तपाईको लागि आज त्यति राम्रो देखिदैन । गरेका काममा चनाखो नभएको खण्डमा बिगार्दिने सम्भावना रहेको छ । आफन्तबाटै धोकाको सम्भावना रहेकोले सतर्क हुनु नै बेश देखिन्छ । अध्ययनमा मन जानेछ ।

तुला. तपाईको आजको दिन उत्कृष्ट रहेको छ । मान सम्मान पाउने योग देखिन्छ भने मिष्ठान्न भोजनको सम्भावना पनि उत्तिकै रहेको छ । रमाइलो यात्राको अवसर आउनेछ । आँटेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

वृश्चिक. तपाइको दिन मध्यम रहेको छ । अधुरा काम कारबाहीले सुचारु हुने मौका पाउनेछ । स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । घटेको मान प्राप्त गर्ने सुयोग रहेको छ । काम गर्दा विचार गर्नुभयो भने दिन सन्तोषपूर्वक बित्नेछ ।

धनु. नयाँ ठाउँको भ्रमण तथा साथीसँगको भेट हुने सम्भावना रहेको छ । घाटामा रहेका आर्थिक क्षेत्रबाट सफलता प्राप्त गरिने दिन रहेको छ । मन प्रसन्नताको बाटोमा जानेछ । पढाईमा सोचेजस्तै सफलता प्राप्त गर्ने संयोग रहेको छ ।

मकर. आजको दिन सतर्कपूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ काममा हात नहालेकै बेस हुनेछ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ ।

कुम्भ. सन्तानको पूर्ण साथ मिल्नेछ । आज गरेको काममा सफलता मिल्नेछ । परिवारमा सुख प्राप्ति हुनेछ । बोलिमा प्रभाव बढेर जानेछ । सुखद यात्राको प्रवल सम्भावना रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

मीन. तपाईको दिन राम्रो रहेको छ । मित्रताको साइनो गासिनेछ । पारिवारिक सम्बन्ध खुशिमय बन्ने देखिन्छ । सामाजिक तथा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ भने आर्थिक क्षेत्रमा नाफा हुने योग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button