संसद विघटनको बिरोधमा नेविसंघको उल्टो जुलुस

पोखरा न्यूज संवाददाता । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले शुक्रबार उल्टो हिंडेर संसद विघटनको विरोध गरेको छ ।

नेविसंघका नेता तथा कार्यकर्ताहरु काठमाडौंको माइतीघर मण्डलादेखि बानेश्वर सम्म उल्टो हिंडेर प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमको विरोध गरेका हुन ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा नाराबाजी समेत गरेका छन् । नेविसंघका नेता-कार्यकर्ताले प्रधानमन्त्री ओलीले संविधान मिचेर उल्टो बाटोमा हिंडेको भन्दै उल्टो हिंडेर सांकेतिक रुपमा विरोध गरेका हुन ।

प्रदर्शनमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमिल्सिना, युवराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button