आजको राशिफल : पुष २५ गते शनिबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–पौष–२५, शनिबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको ०९, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः एकादशी घ.प. २७ः६(१७ः४८), नक्षत्रः विशाखा घ.प.११ः३२, योगः शूल, करणः कौलव, आनन्दादी योगः शुभ

चन्द्रमाः वृश्चिक, सूर्यः धनु, अयनः दक्षिण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः२४

आजको राशिफलः

मेष.तपाईँको आजको दिनमा नयाँ–नयाँ काम बन्ने योग रहेको छ । पुराना साथीभाइसँग भेटघाट हुने छ भने मनोरञ्जनको वातावरण बन्नेछ । स्वास्थ्यले साथ दिदा गरेका काम सफलतापूर्वक सम्पन्न हुने योग रहेको छ ।

वृष. मान–सम्मान मिल्ने दिन रहेको छ । श्रीमान–श्रीमती र प्रेमी–प्रेमिकावीच प्रेम सम्बन्ध झाँगिने समय रहेको छ । बोलीको प्रभाव बढ्नेछ । आर्थिक कारोबारमा सुधार हुने यो रहेको देखिन्छ । सबैसँग मित्रवत् व्यवहार रहनेछ ।

मिथुन. तपाईको दिन मध्यम रहेको छ । मनमा अनेक प्रकारका शंका–उपशंका आउनेछ । नयाँ काममा हात नहाल्दा फाइदा हुने देखिन्छ । जस भन्दा पनि अपजसको खप्कि खानुपर्ने समय रहेको छ ।

कर्कट. बीचमा अवरुद्ध भएका कामकारबाहीले गतिशिलता पाउने समय रहेको छ । दिन तपाईको पक्षमा भएकाले बोलीको प्रभावले नै काम सम्पन्न योग रहेको छ । यात्राको सम्भावना पनि उत्तिकै रहेको छ ।

सिंह. आफन्त तथा साथीभाइको साथ रहनेछ । स्वास्थ्यले साथ दिनेछ । नयाँ–नयाँ कामको क्षेत्रमा हात हाल्दा फाइदा पुग्ने सम्भावना पनि उत्तिकै देखिन्छ । मनोवाञ्चित कुराहरु पुग्ने समय रहेको छ ।

कन्या. तपाइको दिन राम्रो रहेको छ । पुराना कामहरु सफलताको पथमा पुग्दा उठ्न बाँकी रहेका धन–दौलत पनि सहजै उठ्ने समय रहेको छ । मान्यजनको आशिर्वादले नयाँ काममा हात हाल्दा सफलता पर्ने देखिन्छ ।

तुला. तपाइको आजको दिन खराब रहेको छ । मानसिक तनावले पुरा दिन नै खराब तवरले बित्ने देखिन्छ । नजिकका मानिसबाट धोका हुने सम्भावना रहेको छ । सवारी दुर्घटनाको समय रहदा शिक्षा तथा स्वास्थ्यले पनि साथ दिनेछैन ।

वृश्चिक. आजको तपाइको दिन सुखपूर्वक बित्ने देखिन्छ । मान–सम्मान प्राप्त गर्नुका साथै मिष्ठान्न भोजनको सुयोग रहेको छ । आफन्त तथा साथीभाइबाट नयाँ–नयाँ उपहार पाउने समय रहेको छ । आर्थिक क्षेत्र सफल रहेको छ ।

धनु. व्यापार व्यवसाय वा कारोबारबाट सफलता प्राप्त गरिरहका नयाँ उद्यम क्षेत्रमा समेत हात जाने योग देखिन्छ । मनमा शान्ति पैदा हुनेछ । नयाँ–नयाँ साथीभाइसँग भेट हुने संयोग रहेको छ ।

मकर. बौद्धिकताको प्रयोगले सफलता प्राप्त गर्ने समय रहेको छ । सोचेर मात्र काममा हात हाल्नुहोला । आफन्तको सहयोगमा क्रियाकलापहरु सम्पन्न हुनेछन् । स्वास्थ्यले साथ दिनेछ भने अध्ययनमा रुचि बढ्ने देखिन्छ ।

कुम्भ. तपाइको आजको दिन केही विचार गरेर मात्र काम गर्नुपर्ने समय रहेको देखिन्छ । जताजतैबाट घाटा हुने भएकाले सजगता अपनाउनुपर्ने देखिन्छ । साथीभाइबाट धोका हुने भएकाले सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

मीन. आजको दिन तपाईको पक्षमा रहेको छ । आनन्दपूर्वक कामहरु सम्पन्न हुनेछ । मनमा शान्ति तथा तनमा आदन्दको महशुस गर्ने समय रहेको छ । बोलीमा प्रभाव जमाउँदा आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button