योगेश र एलिनाको आवाजमा ‘हेप्नी मलाई हेप्नी’ गीत सार्वजनिक

पोखरा न्यूज । योगेश काजी र एलिना चौहानको आवाजमा रहेको गीत ‘हेप्नी मलाई हेप्नी’ सार्वजनिक भएको छ । लोकराज अधिकारीले रचना गरेको गीतमा संगीत योगेश काजीले नै भर्नुभएको हो ।

यो सामाजिक व्यंग्यात्मक कमेडी जनराको गीत भएको योगेश काजीले बताउनुभयो । ‘यो पारिवारिक गीत हो । श्रीमान, श्रीमतीले लुकिलुकी मोवाइल चलाउने छलकपट गर्ने गरेको, धेरै माया गर्दा पनि आफूलाई माया नगरेको भन्ने दुवैतर्फको गुनासो पोखिएको छ’ उहाँले भन्नुभयो । श्रीमान श्रीमती बिचको छलकपटको बारेमा बनाइएकोे समसामयिक यो पारिवारिक गीत हेरेर, सुनेर प्रतिक्रिया दिन उहाँको आग्रह छ ।

गीतको भिडियोे समेत आर्कषक बनेको छ । भिडियोमा वर्षा सिवाकोटी र नवराज न्यौपानेको मुख्य अभिनय हेर्न पाइन्छ । श्रीमान श्रीमतीवीच खटपट भएपछिको विवाद अदालतमा न्यायाधीश समक्ष पुगेको प्रसंगलाई भिडियो मार्फत आर्कषक ढंगले प्रस्तुत गर्न खोजिएको छ । भिडियोको निर्देशन क्रान्ति केसीले गर्नुभएको हो । गीत वाइटिएच स्टुडियो युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button