मोटरसाइकलको ठक्करबाट पुरुष गम्भीर घाइते

पोखरा न्यूज । नवलपुरको गैंडाकोटमा शनिबार मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री गम्भीर घाइते भएका छन् ।

पूर्व -पश्चिम राजमार्ग अन्तरगत नवलपुरको गैंडाकोट नगरपालिका-८ बिजयचोमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा.५४ प.४९६८ नं को मोटरसाइकलको  ठक्करबाट  पैदल यात्री गैैंडाकोट-३ निवासी ५० वर्षीय भूमिश्वर सापकोटा घाइते हुनुभएको हो ।

घाइते सापकोटालाई उपचारको लागि चितवन स्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताउनुभयो ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button