टिकटक प्रतियोगितामा बाबु गुरुङ प्रथम

पोखरा न्यूज । पोखराको स्टार्स स्टुडियो प्रालिले आयोजना गरेको टिकटक प्रतियोगितामा स्याङजाकी बाबु गुरुङ प्रथम हुनुभएको छ । जसु गुरुङको आवाजमा रहेको गुरुङ गीत ‘पुषे १५’ मा टिकटक मार्फत प्रस्तुति राख्दै बाबु प्रथम हुनु भएको हो । जसु गुरुङले नै रचना गरेको यो गीतमा संगीत तेजेन्द्र गुरुङले भर्नुभएको हो । टिकटकमा कुल ३७ टिमवीच प्रतिष्पर्धा भएको थियो ।

प्रतियोगितामा पोखराकी स्नेहा गुरुङ द्धितीय हुनुभएको छ । देवदह रुपन्देहीकी मञ्जु गुरुङ तृतीय हुनुभयो । तमुहरुको महान् पर्व लोसारको अवसरमा यो प्रतियोेगिताको आयोजना गरिएको स्टार्स स्टुडियोको प्रबन्ध निर्देशक जसु गुरुङले बताउनुभयो । ‘कोरोना कहरको यो समयमा समेत तमुहरुको संस्कार, संस्कृति र भेषभुषाको संरक्षण गर्ने हेतुले प्रतियोगीताको आयोजना गरिएको हो, यो प्रतियोगीताले तमुहरुको भाषा संस्कृति संरक्षणमा टेवा पुग्नेछ’ प्रबन्ध निर्देशक गुरुङले भन्नुभयो ।

विजेतालाई तमु धी नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, हिमाली साँस्कृतिक परिवारका अध्यक्ष मेनकाजी गुरुङ, तमु सांस्कृतिक प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष श्रीजंग गुरुङ, सञ्चारकर्मी खिमा गुरुङ, समाजसेवी सरोज शाक्यले पुरस्कार वितरण गर्नुभयो । विजेतालाई आँधिखोला फेन्सी स्टोर्सका तर्फबाट भेषभुषा तथा समाजसेवी शाक्यको तर्फबाट नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै तमु धी नेपालका अध्यक्ष हुम बहादुर गुरुङले तमुहरुको कला संस्कृति र भेषभुषाको संरक्षणमा स्टार्स स्टुडियोले खेलेको भुमिकाको प्रंशसा गर्नुभयो । कोरोना महामारीको समयमा समेत तमुहरुको महान् पर्व लोसारलाई लक्षित गरेर गीत तयार पार्नु र नयाँ पुस्तामा तमुजातिको भाषा तथा संस्कृतिप्रतिको आर्कषण बढाउन प्रतियोगीता आयोजना गर्नु सराह्नीय कार्य भएको उहाँको भनार्ई थियो ।

कार्यक्रममा वर्षा, अन्तिमा र विनिताले नृत्य प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन प्रतिमा गुरुङले गर्नुभएको थियो । टिकटकमा प्राप्त भिउजको आधारमा विजेताको छनोट गरिएको हो ।
स्टार्स स्टुडियोले चौथो वार्षिक उत्सवको अवसरमा आयोजना गरेको खुल्ला एकल नृत्य प्रतियोगिता २०७७ यतिबेला जारी छ । वार्षिक उत्सवकै अवसरमा यस अगाडि खुल्ला एकल कविता प्रतियोगिता भने सम्पन्न भइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button