गण्डकीतनहुँभिडियोमनोरन्जनसमाचार

उदयीमान गायक आर.बि. श्रृजनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक

पोखरा न्यूज । प्रतिभाशाली तथा उदयीमान गायक आर. बि. श्रृजनको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईसँगको जुगलबन्दिमा श्रृजनले ‘दिलमा फोटो’ बोलको गीतमा आफ्नो स्वर दिनुभएको छ । वसन्त सापकोटाको शब्द र संगीतमा तयार भएको गीतमा आजकलका चर्चित मोडल नाजिर हुसेन र उषा उप्रेतीको अभिनय रहेको छ ।

श्रृजन र राईको स्वरमा कर्णप्रिय बनेको गीतको म्युजिक भिडियो सुदिप बरालको निर्देशन, कविराज गहतराजको कोरियोग्राफि र राजन न्यौपानेको छायांकनमा सुन्दर बनेको छ । सुमधुर गीत संगीत, कर्णप्रिय स्वर, गाँउले परिवेशमा बनाईएको भिडियो र चलनचल्तीका कलाकारहरुले अभिनय गरेको कारणले पनि उक्त म्युजिक भिडियोले युट्युवमा राम्रो भ्युज पाईरहेको छ ।

गायक आर. बि. श्रृजन ‘अघिल्लो गीत मुस्तागें नानी बोलको गीतको म्युजिक भिडियोबाट पनि राम्रै प्रतिक्रिया पाएको र यसपटक दिलमा फोटो बोलको गीतमा झन् बढि नै भ्युज पाईरहेको हुनाले पनि सन्तुष्टी लागेको’ बताउनुहुन्छ । उहाँ ‘अग्रज कलाकारहरुको गीत सुन्ने तथा म्युजिक भिडियो हेर्नेहरुले आफ्नो गायकीमा धेरै सुधार आईरहेको बताएकोले पनि आफू आशावादी भएको ‘ बताउनुहुन्छ ।

काठमाण्डौमा लामो समयसम्म गीत संगीतको प्रशिक्षण लिनुभएका राजधानीबाट टाढा तनहूँ जिल्लामा बसेर पनि गीत संगीतको साधनामा मरिमेट्ने सुमधुर स्वरका धनी, कलाप्रेमी गायक आर. बि. श्रृजनको गीत हामी युट्युव च्यालनमा हेर्न सक्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button