विमान दुर्घटनाः इन्डोनेसियाली उद्धारकर्ताले मानव अवशेष फेला पारे

पोखरा न्यूज । इन्डोनेसियाको राजधानी जकार्ता नजिकको जलक्षेत्रबाट उद्धारकर्ताहरुले एउटा दुर्घटनाग्रस्त विमानमा सवार व्यक्तिका अवशेष, विमानका टुक्रा र लत्ताकपडा बाहिर निकालेका छन् ।

जकार्ताबाट शनिबार अपराह्न उडेको एउटा यात्रुबाहक विमान उडेको केही मिनेटभित्रै जकार्ता नजिकको समुद्री क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका सदस्य सहित ६२ जना सवार थिए ।

जकार्ताको सोकार्नो–हाता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको श्रीविजया एयरको बोइङ ७३७–५०० विमान उडेको चार मिनेटभित्रै सिधै समुद्रमा खसेको अनुसन्धानबाट खुलेको थियो ।

इन्डोनेसियाली यातायात मन्त्रालयका अनुसार, सेना समेतको सहयोगमा गोताखोरहरुले विमानको अवशेष पानीको सतहभन्दा करिब ७५ फिटमुनि फेला पारेका थिए । विमानको भ्वाइस तथा डाटा रेकर्डर भने फेला परेको छैन ।

इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

विमानमा सवार सबै व्यक्ति इन्डोनेसियाली रहेका थिए जसमा १० जना बालबालिका पनि थिए ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button