आजको राशिफल : पुष २७ गते सोमबार

पोखरा न्यूज, वीरेन्द्र सापकोटा । आज मितिः २०७७–पौष–२७, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको ११, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः त्रयोदशी घ.प १६ः३३(१३ः३५), नक्षत्रः ज्येष्ठा घ.प.४ः९, योगः वृद्धि, करणः भद्रा, आनन्दादी योगः पद्म

चन्द्रमाः वृश्चिक, सूर्यः धनु, अयनः दक्षिण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः२६

आजको राशिफलः

मेष.तपाइको आजको दिनमा राम्रै मान्नुपर्ने देखिन्छ । पुराना साथीभाइसँग भेटघाट हुने छ । स्वास्थ्यले साथ दिनेछ भने आँटेका कामहरु सफलतापूर्वक सम्पन्न हुने देखिन्छ । शिक्षाप्रतिको लगाव बढ्ने देखिन्छ ।

वृष. आर्थिक कारोबारमा सुधार हुनेछ भने सबैसँग मित्रताको साइनो गाँस्ने प्रवल सम्भावना देखिन्छ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक कारोबारको क्षेत्र पनि राम्रै देखिएको छ । आजको व्यवहार सफलताको हुनेछ ।

मिथुन. तपाईको दिन आजको ठिकै रहेको छ । नयाँ काममा हात नहाल्दा फाइदा हुने देखिन्छ भने आज तपाईले जस भन्दा पनि अपजसको सामना व्यहोनुपर्ने देखिन्छ । शिक्षा क्षेत्रमा सफलता नमिल्दा मनमा कुरा खेल्नेछ ।

कर्कट. बीचमा अवरुद्ध भएका कामकारबाहीले गतिशीलता पाउने समय रहेको छ । दिन तपाईको पक्षमा भएकाले बोलीको प्रभावले नै काम सम्पन्न योग रहेको छ । यात्राको सम्भावना पनि उत्तिकै रहेको छ ।

सिंह. आफन्त तथा साथीभाइको साथ रहनेछ । स्वास्थ्यले साथ दिनेछ । नयाँ–नयाँ कामको क्षेत्रमा हात हाल्दा फाइदा पुग्ने सम्भावना पनि उत्तिकै देखिन्छ । मनोवाञ्चित कुराहरु पुग्ने समय रहेको छ ।

कन्या. तपाईको दिन राम्रो रहेको छ । पुराना कामहरु सफलताको पथमा पुग्दा उठ्न बाँकी रहेका धन–दौलत पनि सहजै उठ्ने समय रहेको छ । मान्यजनको आशीर्वादले नयाँ काममा हात हाल्दा सफलता पर्ने देखिन्छ ।

तुला. तपाईको आजको दिन ठिकै रहेको छ । मानसिक तनाव बढ्ने समय रहेको छ । नजिकका मानिसबाट धोका हुने सम्भावना रहेको छ । सवारी दुर्घटनाको समय रहदा सावधानी अपनाउनुपर्ने देखिन्छ ।

वृश्चिक. आजको तपाईको दिन सुखपूर्वक बित्ने देखिन्छ । मान–सम्मान प्राप्त गर्नुका साथै मिष्ठान्न भोजनको सुयोग रहेको छ । आफन्त तथा साथीभाइबाट नयाँ–नयाँ उपहार पाउने समय रहेको छ । आर्थिक क्षेत्र सफल रहेको छ ।

धनु. व्यापार व्यवसाय वा कारोबारबाट सफलता प्राप्त गरिरहका नयाँ उद्यम क्षेत्रमा समेत हात जाने योग देखिन्छ । मनमा शान्ति पैदा हुनेछ । नयाँ–नयाँ साथीभाइसँग भेट हुने संयोग रहेको छ ।

मकर. बौद्धिकताको प्रयोगले सफलता प्राप्त गर्ने समय रहेको छ । सोचेर मात्र काममा हात हाल्नुहोला । आफन्तको सहयोगमा क्रियाकलापहरु सम्पन्न हुनेछन् । स्वास्थ्यले साथ दिनेछ भने अध्ययनमा रुचि बढ्ने देखिन्छ ।

कुम्भ. तपाईको आजको दिन मध्यम रहेको छ । काम गर्दा केही विचार गरेर मात्र गनुपर्ने देखिन्छ । नगद कारोबारमा घाटा हुने भएकाले सजगता अपनाउनुपर्ने देखिन्छ । आफन्तबाट धोका हुने भएकाले सावधानी अपनाउनु नै राम्रो हुनेछ ।

मीन. आजको दिन तपाईको लागि राम्रो देखिन्छ । आँटेका कामहरु सफलताका साथ सम्पन्न हुनेछ । मनमा शान्तिको महशुस हुनेछ । बोलीमा प्रभाव बढ्दा आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button