स्याङ्जामा स्कुटर जलाएको अभियोगमा एक युवा पक्राउ

पोखरा न्यूज । स्कुटर जलाएको अभियोगमा स्याङ्जामा एक युवा पक्राउ परेका छन् । स्याङ्जाको आँधीखोला गाँउपालिका वडा नं ३ बस्ने २८ वर्षीय रबिन क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत पुष १४ गते राती आँधीखोला गाँउपालिका वडा नं २ मुडुवामा ग.४ प. ९६३७ नम्बरको स्कुटर जलेको अवस्थामा भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मुडुवाका खिमानन्द सापकोटाको घर नजिकै पार्किङ गरी राखेको स्कुटर रबिनले जलाएकोे अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका युवालाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्दा दर्ता गरिएको छ । सो सम्बन्धमा स्याङ्जा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ प्रहरीले थप अनुसन्धान कार्य गरिरहेको पनि जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button