गण्डकीमा कोरोना संक्रमितको संख्या १५ हजार

पोखरा न्यूज । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ९९८ पुगेको छ । सोमबार थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाको वडा नं ४ का १ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा नं १० का १ जना महिला, वडा नं १२ का १ जना महिला, वडा नं १३ का १ जना पुरुष, वडा नं १४ का १ जना पुरुष, वडा नं १५ का १ जना महिला र २ जना पुरुष, वडा नं २० का १ जना पुरुष, वडा नं २५ का १ जना महिला, वडा नं ३१ का १ जना महिला र १ जना पुरुष देखिएको छ ।

बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं २ का १ जना पुरुष, जैमिनी गाँउपालिका वडा नं ७ का १ जना पुरुष, वडा नं ८ १ जना पुरुष, ढोरपाटन नगरपालिका वडा नं २ का १ जना पुरुष, गोरखाको शहिद लखन थापा गाँउपालिका वडा नं ७ का १ जना पुरुष, म्याग्दीको मंगला गाँउपालिका वडा नं २ का १ जना पुरुष र मालिका गाँउपालिका वडा नं ७ का १ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पर्वतको कुश्मा नगरपालिका वडा नं ३ का १ जना पुरुष, वडा नं १३ का १ जना पुरुष, वडा नं ४ का १ पुरुष, वडा नं ५ का २ जना पुरुष, फलेवास नगरपालिका वडा नं ६ का १ जना पुरुष, जलजला गाँउपालिका वडा नं ३ का १ जना पुरुष, पैंयु गाँउपालिका वडा नं ३ का १ जना महिला, वडा नं ७ का १ जनामा ,  तनहुँको घिरिङ गाँउपालिका वडा नं २ का १ जना महिला, नवलपरासी पूर्वको देवचुली नगरपालिका वडा नं १२का १ जना महिला, वडा नं १५ का १ जना पुरुष, कावासोती नगरपालिका वडा नं २ का २ जना महिला र १ जना पुरुष, वडा नं ८ का २ जना पुरुष र वडा नं १३ का १ जना पुरुष, गैडाकोट नगरपालिका वडा नं १३ का १ जनामा संक्रमण देखिएको छ । लमजुङको बेशीसहर नगरपालिका वडा नं १६ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये २४ जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जानकारी दिएको छ । सबैजनाको परिक्षण क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको थियो । त्यसैगरी १४ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नेस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएको निर्देशनालयले जनाएको छ । सबै संक्रमितहरुको आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी पनि गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button