अर्थ व्यापारसमाचारसमाज

उपभोक्ता ठग्ने उद्योगलाई जरिवाना

पोखरा न्यूज । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले खरीद बिलविजक नराख्ने, गुणस्तरहीन सामान बेच्ने तथा मूल्यसुची नराखी उपभोक्ता ठग्ने ८० फार्मलाई जरिवाना गरीे रु १९ लाख ८३ हजार असुली गरेको छ ।

सो कार्यालयले चालू आर्थिक वर्षको यही पुस १५ गतेसम्ममा रौतहट, बारा, सर्लाही, पर्सा, मकवानपुर र चितवनमा रहेको १४० व्यापारिक फार्ममा अनुगमन गरेको थियो । उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार ती फार्मलाई कारवाही गरी जरिवाना असुल गरेको कार्यालयका सूचना अधिकारी दिलीपखंग खत्वेले जानकारी दिनुभयो ।

यसैबीच विदेशी ‘लेबल’ लगाएर उपभोक्ता ठग्दै आइरहेका वीरगञ्ज महानगरपालिका वडा नं ६ रेशमकोठी चोकस्थित रहेका एसआर तयारी उद्योगमा स्थानीय प्रशासनले आइतबार छापामारी उद्योगलाई रु तीन लाख जरिवाना गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको नेतृत्वको टोलीले सो उद्योगमा छापा मार्दा उद्योगले अन्तरराष्ट्रियस्तरको नाम चलेको कम्पनी एडिडास कम्पनीको टाउजर र द नर्थ फेस कम्पनीको नामको सुट उत्पादन गरी उपभोक्तालाई ठग्दै आइरहेको पाइएको थियो ।

टोलीमा सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीकाप्रसाद पोखरेल, वाणिज्य कार्यालयका निरीक्षक अधिकृत जीतबहादुर भण्डारीलगायतका सहभागि हुनुहुन्थ्यो । व्यापारीले म्याद गुज्रेको दैनिक उपभोग्यका सामान बेच्ने गरेको र मूल्यसुची नराखी उपभोक्तालाई ठग्न थालेको गुनासो आउन थालेपछि अनुगमनलाई तीव्रता दिइएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button