मुस्ताङमा भीरबाट खसेर युवाको मृत्यु

पोखरा न्यूज । मुस्ताङ जिल्लामा एक युवाको भीरबाट खसेर मृत्यु भएको छ ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ यासीर लेकको भीरबाट खसेर ३५ वर्षीय टसी दोर्जे गुरुङको मृत्यु भएको हो । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ निवासी गुरुङ भेडीगोठमा जाने क्रममा भीरबाट ५ सय मिटर तल खसेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

झोला र टोपी बाटोमा फेला परेपछि खोजीगर्दा सोमबार बिहान १.२५ बजे गुरुङको शव फेला परेको हो । उक्त घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button