पोखराको हार्मोनीलाई भीम विराग संगीत युवा पुरस्कार प्रदान गरिने

पोखरा न्यूज । हार्मोनी : द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरालाई भीम विराग संगीत पुरस्कार २०७७ प्रदान गरिने भएको छ । भीम विराग कला, संगीत, साहित्य कला प्रतिष्ठान मकवानपुरले यो पुरस्काररबाट हार्मोनीलाई पुरस्कृत गर्न लागेको हो । आगामी माघ १७ गते शनिबार विशेष सांगीतिक कार्यक्रम मार्फत यो पुरस्कार प्रदान गरिनेछ ।

सोही कार्यक्रममा प्रतिष्ठानले भारतको दार्जिलिङ निवासी गायिका दाबा ग्याल्मोलाई बिजुलीमाया वन श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार-२०७७ बाट सम्मानित गर्दैछ । २०२६ सालदेखि हेटौंडामा बसेर साहित्य, संगीत, कला र पत्रकारितामा क्रियाशील विरागका नाममा हेटौंडामा भीम विराग साहित्य, संगीत, कला प्रतिष्ठान स्थापना भएर क्रियाशील छ ।

पुरस्कृत हुन लागेको हार्मोनी :द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखरा सुगम संगीतको उत्थानको लागि महिला गायिका मात्र संगठित भएर क्रियाशील भएको नेपालको पहिलो तथा एसियाको दोस्रो सांगीतिक समुह हो । सुगम संगीतको उत्थान, प्रर्वद्धनका निम्ति २०७३ सालमा यसको स्थापना भएको थियो । सुगम संगीतका क्षेत्रमा जिवन अर्पण गरेका महिलाहरुसँग सहकार्य गर्दै सुगम संगीतको यात्रा र क्षेत्रलाई लामो र फराकिलो वनाउने लक्ष्य यसले लियो ।

हार्मोनी :द मोर्डन सङ्गस्ट्रेसेस अफ पोखराको अध्यक्षमा इतु जोजिजु, उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा बबि सुनार, सह–सचिवमा लक्ष्मी गिरी, कोषाध्यक्षमा मितु पाल सिंह र सह–कोषाध्यक्षमा शितल थापा रहनुभएको छ । यसैगरी सदस्यमा अजुदा थापा, रजनी रिदम राई, प्राप्ति तुलाचन, ईनिशा दुरा, सबिना सुनाम, सानु जोजिजु, देवी गुरुङ, रुपा थापा, एलिना गुरुङ, स्नेहा गुरुङ र मनिषा राना हुनुहुन्छ ।

 

‘सुरु देखिनै सुगम संगीतको एउटा कार्यक्रम गर्ने मेरो लक्ष्य थियो, पहिला परिवारमा कुरा राखे, अनि फेसबुकमा गायिका कौशल्या गुरुङ, रुवी गौली सँग कुरा भयो, कुराकानीकै क्रममा महिला गायिका मिलेर एउटा कार्यक्रम गरौ भन्ने भयो, अनि जन्मियो हार्मोनी ।’ स्थापनाकालीन दिन सम्झदै संस्थाका अध्यक्ष इतु जोजीजुले भन्नुभयो ।

हार्मोनीले सुगम संगीतका क्षेत्रमा रुची भएका तर अवसर र बिभिन्न परिस्थितिवाट आफ्नो कला प्रस्तुत गर्न नपाएका महिला गायीकाहरुलाई पनि प्रोत्साहन र स्टेज प्रदान गर्दै आएको छ ।

यो संस्थाले ‘रारा टेस्ट अफ हार्मोनी : धुनहरुमा तारादेवी र अरुणा लामा’, ‘लेजेन्डरी हार्माेनियस इभिनिङ’ र ‘टेस्ट अफ हार्मोनी’ नाममा कार्यक्रम गरिसकेको छ । पुरस्कार पाउने घोषणा भएकोमा खुशी लागेको अध्यक्ष जोजिजुको प्रतिक्रिया छ । ‘यो पुरस्कार हार्मोनीले पाउने पहिलो पुरस्कार भएकोले यसको महत्व झनै बढी छ । सबै उत्साहित छौँ । सबै पोखरेली गायिकाले पाउँदैछौ । गर्व महशुस भएको छ’ उहाँले भन्नुभयो । पुरस्कारको लागि छनोट हुँदा थोरै समयमा धेरैको मन जित्न सकेका रहेछौ भन्ने अनुभव आफुहरुलाई भएको उहाँको भनाई छ ।

पोखरा न्युजसँगको कुराकानीको क्रममा अध्यक्ष जोजिजुले पोखरेली गायिकालाई केन्द्रीय राजधानीमा पु¥याउने यसपालीको योजमा कोरोना अवरोध बनेको बताउनुभयो । ‘सधैँ पोखराको स्टेजममा कार्यक्रम गर्ने गथ्र्यौ । बाहिरबाट श्रष्टा बोलाउथ्यौ । यसपाली काठमाण्डौमा कार्यक्रम गर्ने इच्छा थियो । सबैलाई काठमाण्डौ लगरे सबै प्रतिभालाई परिचित गराउने योजना थियो । कोभिडको कारण रोकियो । आगामी दिनमा गर्नेछौ’ उहाँले भन्नुभयो ।

नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने हार्मोनी कोष स्थापना गर्न लागेको उहाँले जानकारी दिनुभयो । ‘हार्मोनी कोष स्थापना गर्दैछौ । कोषबाट कार्यक्रम गर्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र सामाजिक कार्यमा समेत अग्रसर बन्ने लक्ष्य हो’ अध्यक्ष जोजिजुले भन्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button