आजको राशिफल : पुस २८ गते मंगलबार

आज मितिः २०७७–पौष-२८, मङ्गलबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १२, २०२१, पौष कृष्ण पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः चतुर्दशी घ.प.:१२ः१२(११ः५१), नक्षत्रः मूलम् घ.प.१ः१८, योगः व्याघात, करणः चतुष्पाद, आनन्दादी योग : छत्र

चन्द्रमाः धनु, सूर्यः धनु, अयनः दक्षिण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः२७

आजको राशिफलः

मेष. आजको तपाईको दिन राम्रो रहेको छ । मन सुविचारले आउँदा कामहरु सफलताका साथ सम्पन्न छ । आफन्तले सहयोगको हात बढाउनेछन् । मित्रता गाँसिने दिन रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्नेछ ।

वृष. तपाईको दिन मध्यम रहेको छ । अपजस पाउने दिन रहेकाले नयाँ कार्यको थालनी नगर्दै राम्रो हुनेछ । दुर्घटना हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्ने योग रहेको छ । काममा व्यवधान हुने देखिन्छ ।

मिथुन. मानसम्मान प्राप्त हुने दिन रहेको छ । गरेको काममा सफलता प्राप्ति हुनेछ । नयाँ–नयाँ कार्यको थालनी हुनेछ । आफन्तले सहयोग गर्दा मन प्रफुल्लता बढ्नेछ । सन्तोष गरेर नै दिन व्यतित हुनेछ ।

कर्कट. आजको दिनमा गरेका कार्यमा व्यवधान आउने सम्भावना रहेको छ । मान सम्मानमा आँच पुग्ने सम्भावना रहेको छ । आलस्यताका हुनुका साथै पढाईमा मन जाने देखिदैन । मन भने स्थिरभावना रहने देखिदैन ।

सिंह. आज तपाइको लागि राम्रो रहेको छ । आफन्त तथा इष्टमित्रको सहयोगबाट नै अधुरा कामहरु बन्नेछन् । मनमा हौसला बढ्ने देखिन्छ । बोलीमा प्रभाव बढ्नेछ । नयाँ कार्य थालनी गर्दा राम्रो हुने देखिन्छ ।

कन्या. तपाईको लागि आज त्यति राम्रो देखिदैन । गरेका काममा चनाखो नभएको खण्डमा बिगादिने सम्भावना रहेको छ । आफन्तबाटै धोकाको सम्भावना रहेकोले सतर्क हुनु नै बेस देखिन्छ । अध्ययनमा मन जानेछ ।

तुला. तपाईको आजको दिन उत्कृष्ट रहेको छ । मान सम्मान पाउने योग देखिन्छ भने मिष्ठान्न भोजनको सम्भावना पनि उत्तिकै रहेको छ । रमाइलो यात्राको अवसर आउनेछ । आँटेका काम सफलतापूर्वक सम्पन्न हुने देखिन्छ ।

वृश्चिक. तपाईको दिन मध्यम रहेको छ । अधुरा काम कारबाहीले सुचारु हुने मौका पाउनेछ । स्वास्थ्यमा क्रमिक सुधार आउनेछ । घटेको मान प्राप्त गर्ने सुयोग रहेको छ । काम गर्दा विचार गर्नुभयो भने दिन सन्तोषपूर्वक बित्नेछ ।

धनु. तपाईको आजको दिन उत्कृष्ट रहेको छ । घाटामा रहेका आर्थिक क्षेत्रबाट सफलता प्राप्त गरिने दिन रहेको छ । मन प्रसन्न हुनेछ भने पढाईमा प्रगती हुनेछ । मानसम्मानको योग देखिएको छ ।

मकर. आजको दिन सतर्कपूर्वक बिताउनुपर्ने देखिन्छ । नयाँ काममा हात नहालेकै बेस हुनेछ । आर्थिक क्षेत्रमा नोक्सानीको सम्भावना भएकाले होसियारी अपनाउनुपर्ने देखिन्छ । मनमा अशान्तिको मात्र बढेर जानेछ ।

कुम्भ. सन्तानको पूर्ण साथ मिल्नेछ । आज गरेको काममा सफलता मिल्नेछ । परिवारमा सुख प्राप्ति हुनेछ । बोलीमा प्रभाव बढेर जानेछ । सुखद यात्राको प्रवल सम्भावना रहेको छ । आर्थिक कारोबारमा सफलता मिल्ने देखिन्छ ।

मीन. तपाईको दिन राम्रो रहेको छ । मित्रताको साइनो गासिनेछ । पारिवारिक सम्बन्ध खुशीमय बन्ने देखिन्छ । सामाजिक तथा शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ भने आर्थिक क्षेत्रमा नाफा हुने योग रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button