‘निजी विद्यालयमा आर्थिक गतिविधि शिथिल’

पोखरा न्यूज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (एन प्याब्सन) ले कोरोना महामारीका कारण निजी शिक्षा प्रदायकका लगानी, बैँक कर्जा, ब्याज, घर भाडा र शिक्षक-कर्मचारीको तलब सुविधालगायत वित्तीय क्रियाकलापमा शिथिल आएको जनाएको छ ।

सो संस्थाको २३औँ स्थापना दिवसका अवसरमा जारी विज्ञप्तिमा एशोसिएसनका अध्यक्ष ऋतुराज सापकोेटाले आफूलाई पुनःचलायमानका लागि थप आर्थिक ब्याजको खाँजो रहेको जनाउदै स्व-पूँजी परिचालन, स्वरोजगारी, रोजागारी, अभिभावकमा सहयोग, ग्रामीण क्षेत्रमा निजी विद्यालयको पहुँचजस्ता सकारात्मक विषयमा दिइएको योगदानको मूल्याङ्कन गर्न सरकारसँग माग गर्नुभयो ।

‘सहजतामा मात्र होइन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ’ भन्ने मूल नारामा विभिन्न स्थानमा स्थापना दिवस मनाइरहेको सो एशोसिएसन २०५४ सालमा स्थापित भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button