गण्डकीमा थप १९ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा मंगलबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार १५ हजार ९ जनामा संक्रमण देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १ का १ जना महिला, वडा नं ५ का १ जना महिला र १ जना पुरुष, वडा नं ६ का ४ जना महिला, वडा नं १५ का १ जना महिला, वडा नं १७ का १ जना महिला, वडा नं १८ का १ जना महिला, वडा नं २५ का १ जना पुरुष, वडा नं २७ का १ जना महिला, वडा नं ३० का १ जना महिला र १ जना पुरुष तथा वडा नं ३२ का २ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ५ का १ जना पुरुष र वडा नं ११ का १ जना पुरुषमा संक्रमण पहिचान भएको छ । लमजुङको राइनास नगरपालिका वडा नं ६ का १ जना महिलामा संक्रमण पुष्टि भएको छ ।

१० जना संक्रमितहरुमा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट पुष्टि भएको हो । सबैजना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको जनाइएको छ । ९ जना संक्रमितहरु लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षण मार्फत पहिचान भएको निर्देशनालयले जनाएको छ । सबैजना संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गरिने जानकारी निर्देशनालयले दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button