तनहुँको भानुबाट लागुऔषधसहित युवक पक्राउ

पोखरा न्यूज । तनहुँको भानुबाट मंगलबार दिउँसो लागुऔषधसहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

भानु नगरपालिका-२ नारेश्वरटारबाट प्रहरीले भानु-१ खुर्सानीबारी निवासी २७ वर्षीय भरत तामाङलाई लागुऔषधसहित पक्राउ गरेको हो ।

तामाङको साथबाट प्रहरीले नुर्फिन २० थान, डाइजापाम २० थान र फेनरागन २० थान बरामद गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका तामाङका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button