सामाजिक द्धन्द्ध वढाउने समाचार नलेख्नुहोस -संचारमन्त्री गुरुङ

पोखरा न्यूज संवाददाता । संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले अहिलेको समाचारले सामाजिक द्वन्द्व बढाउन थालेको भन्दै सचेत भएर कार्यसम्पादन गर्न पत्रकारलाई आग्रह गर्नु भएको छ ।

मन्त्रालयमा मंगलबार पत्रकार महासंघ काठमाडौँ जिल्ला शाखाका प्रतिनिधिसँगको भेटमा मन्त्री गुरुङले अहिले भैरहेको पत्रकारिताले समाजमा द्वन्द्व बढाउन थालेको भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।

मन्त्री गुरुङले समाचारको माध्यमबाट समाज रुपान्तरण र द्वन्द्व ब्यवस्थापन गर्न सकिने भए पनि अहिले ठिक उल्टो पत्रकारिता भैरहेको बताउनुभयो । अहिले पत्रकार देख्ने बित्तिकै डराउनुपर्ने अवस्था रहेको टिप्पणी गर्नुभयो । सरकारले राम्रो काम गरेपनि बिरोध नै गर्नु पर्ने भन्दै पत्रकारिता पेशाको सम्मानको लागि सच्चिनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

राम्रो कामको प्रतिपक्ष दलले पनि प्रसंशा गर्ने गरेको भए पनि संचार जगत किन पूर्वाग्रही भएको भन्दै आश्चर्य ब्यक्त गर्नुभयो । मन्त्री गुरुङ सँगको भेटमा काठमाडौँ शाखाले विभिन्न माग समेटेको १६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button