तनहुँमा मादी पुल संरक्षणार्थ नदीको धार परिवर्तन

पोखरा न्यूज । व्यास नगरपालिका वडा नं ३ र ५ जोड्ने पृथ्वीराजमार्ग अन्तर्गत पर्ने मादी नदीमाथि निर्माण गरिएको मोटरेबल मादी पुलको संरक्षणका लागि नदीको धारमा परिवर्तन गरिएको छ । पुलको पश्चिमपट्टिको पिलरको भागमा बढी गहिरिएर जान थालेपछि पुलको अतित्व सङ्कटमा पर्दै गएकाले नदीको धारमा परिवर्तन गरी संरक्षण गरिएको हो ।

पानीले खोतेलेर पिलरमा क्षति पुर्याएको महसुस गरी नदीको धारमा परिवर्तन गरी बीच भागबाट पानी पठाइएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इञ्जिनियर नारायण पौडेलले बताउनुभयो । पुल संरक्षण्को लागि डोजर लगाएर नोक्सान पुगेको भागतर्पmको नदीलाई थुनेर बीचबाट पानी पठाइएको इञ्जिनियर पौडेलले जानकारी दिनुभयो ।

गत वर्षसमेत पुलमुनि लगाइएको जाली यस वर्षको बाढीले भत्काएपछि पुल झनै कमजोर बनेको महसुस गरी पानीको धार परिवर्तन गर्ने काम सम्पन्न गरिएको उहाँले बताउनुभयो । धार परिवर्तनपछि असर पुगेको क्षेत्रमा २०० मिटर क्षेत्रमा ग्यावियन जाली भरिने योजना रहेको छ । दमौली बजार नजिकै रहेको उक्त राजमार्गस्थित पुलको ३७० मिटर लामो पुल रहेको छ । जाली भर्न सडक विभागसँग बजेट माग भइसकेको कार्यालयका प्रमुख अमृतमान श्रेष्ठले बताउनुभयो । ग्यावियन जाली भर्नका लागि आवश्यक रु दुई करोड बराबरको लागत स्टिमेट तयार पारी विभागमा पेश गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

यस वर्ष मादी नदीले व्यास-३ को भतेरीमा समेत १५० मिटरभन्दा बढी भागमा कटान गरेकाले त्यस क्षेत्रमा समेत जाली भर्ने कामका लागि रुपाताल संरक्षण आयोजनासँग छलफल भइरहेको कार्यालयले जनाएको छ । दमौली बजार क्षेत्रतर्फको भतेरीमा जग्गा भएका व्यक्तिले व्यास नगरपालिका र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमा पुगेर जग्गा संरक्षण गर्न माग गर्दै आएका छन. । विसं २०३० मा चीन सरकारको सहयोगमा रु एक अर्ब लागतमा पुल निर्माण गरिएको थियो । पुल निर्माणपश्चात एकपटकमा एक गाडी आवतजावतका लागि एक चौकीदार राखेर गाडी पठाउने व्यवस्था मिलाइएको भए पनि हाल त्यसतर्फ सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button