पोखरामा ४० महिलालाई च्याउ खेती तालिम

पोखरा न्यूज । पोखरामा ४० जना महिलाले च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धी दुई दिने तालिम शुरु भएको छ ।

महिला सीप विकास संस्था तथा सिईसिआई को संयुक्त आयेजनामा च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धी तालिम शुरु भएको हो । तालिमको शुभारम्भ पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङले गर्नुभएको थियो ।

महिला सीप विकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले संस्थाको गतिविधि, कोरोनाले निम्त्याएका समस्या, बेरोजगारी, हस्तकला उत्पादन र बजारीकरणको समस्या बारेमा आफ्नो धारणा राख्नुभएकोथियो । दुई दिवसीय तालिम पोखरा ८ र २७ मा दुई चरण अन्तरगत ४०÷४० गरी ८० जना महिलालाई दिइने बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button