व्यवसायमा म सन्तुष्ट छु : कुमार बराल

पोखरा न्यूज । कुमार बराल युवा व्यवसायी हुनुहुन्छ । उहाँको जन्म कास्की लेखनाथको बुढी बजार नजिक बराल डाँडामा भएको हो । सामान्य किसान परिवारमा आमा पार्वती बराल तथा बुबा रुद्रप्रसाद बरालको कान्छो सन्तानका रुपमा उहाँको जन्म भएको थियोे । कास्कीमा जन्मिएपनि उहाँको बाल्यकाल तनहुँको दमौलीमा बित्यो । दमौलीमा बसेर उहाँले पढ्नुभयो, बढ्नुभयो । हाल पोखरा १४ चाउथे स्थित इन्द्र मार्ग टोलमा उहाँ बस्नुहुन्छ ।

१६ वर्ष अगाडिबाट व्यवसाय क्षेत्रमा पाइला अगाडि बढाउनुभएका उहाँले यो दौरानमा विभिन्न उतारचढाव बेहोर्नुपर्याे । उहाँले शुुरुमा व्यवसाय क्षेत्रमा गरेको सवा लाखको लगानी डुब्यो । त्यसपछि केही समय अर्कैकोमा नोकरी गर्नुभयो । पछि आफैले केही गर्ने रहरका साथ १५ हजार रुपैयाँबाट फेरी व्यवसाय क्षेत्रको यात्रा तय गर्नुभएको थियो । पोखरा हर्बल होम्सका सञ्चालक रहनुभएका उहाँले एच एन के कलेक्सन फेन्सी र पानी पँधेरो ट्रेड प्रालि डिपार्टमेन्टल स्टोर्समा समेत लगानी गर्नुभएको छ ।

व्यवसाय प्रमोसन सम्बन्धी काम गर्ने सोधिखोजी डट कमको गण्डकी प्रदेश प्रमुख रहनुभएका उहाँ लायन्स क्लब अफ पोखरा पानी पँधेरोको अध्यक्ष र सर्वोदय बचत तथा ऋण सहकारी संस्था लि को सचिव हुनुहुन्छ । अहिले व्यवसाय क्षेत्रमा झण्डै डेढ करोड लगानी उहाँले गर्नुभएको छ । यसपाली युवा व्यवसायी कुमार बरालसँग व्यवसायिक यात्राका बारेमा केही प्रश्न सोधेका छौँ ।

तपाईंको व्यवसाय क्षेत्रमा आगमन कसरी भयो ?

म एकैचोटी व्यवसायमा आएको होइन । करिब ६, ७ वर्ष प्राइभेट सेक्ट्ररमा नोकरी गरे । यसरी मैले जहाँ-जहाँ काम गरे सबैको जीवन स्तर राम्रो पाए । सायद त्यही जीवन स्तर जिउने अभिलाशा मेरो मनमा समते पलायो र यो क्षेत्रमा आए ।

व्यवसायको क्षेत्रमा कतिको स्ट्रगल गर्नुपर्यो ?

श्रुमा रहरै रहरमा म यो क्षेत्रमा छिरे । न प्लान थियो । न भिजननै थियो । सोही कारण म व्यवसायमा असफल भए । तर, असफलता बाट सिक्दै संर्घष गर्दै आज यहाँसम्म आई पुगे ।

संर्घषका दिनलाई कसरी सम्झनुहुन्छ ?

मेरा संर्घषका ती दिन सुनौला थिए । त्यतिबेला न साथमा पैसा थियो, न आवश्यकता थियो, न पैसा कमाउने रहर नै । मनमा थियो त केवल कामको मोह सफल हुने अभिलाशा । कामको मोह र सफल हुने अभिलाशाका कारणनै मैले संर्घष सुरु गरे । विभिन्न उतार चढाव बेहोरे । अहिले सम्झदा सन्तुष्ट छुँ ।

व्यवसायमा सफलता प्राप्त गर्न के के कुरामा ध्यान दिनुपर्छ ?
कुनै पनि व्यवसाय नितान्त नौलो हुँदैन । तर नौलो र फरक तरिकाले गर्न भने सकिन्छ । निरन्तरता र नयाँ तरिका नै सफल हुने मुख्य सूत्र हो । निरन्तर परिश्रम र स्पष्ट गन्तव्य भयो भने व्यवसायमा सफलता प्राप्त गर्न सकिन्छ ।

कति लगानीबाट व्यवसाय सुरु गर्नुभयो, अहिले लगानी कति पुग्यो ?

करिव १५, १६ वर्ष अगाडि सबैभन्दा पहिलो लगानी सवा लाख बाट सुरु गरे । यो व्यवसायबाट मलाई फाइदा भएन । लगानी पुरै डुब्यो । ऋण खोजेर व्यवसया सुरु गर्दा डुबेकोले फेरि जागिर खाएर त्यो ऋण तिरे । अब लगानी गर्न रकम थिएन, मनमा आँट समेत खासै थिएन । यति हुँदाहुँदै पनि केही गर्नुपर्छ भन्ने भावना मनमा थियो । अनि पन्ध्र हजार लगानीबाट पोखरा हर्वल होम्स शुरु गरे । अनि बिस्तारै लगानी थप्दै कमाउँदै जाँदा आज करिब डेढ करोडजति लगानी पुग्यो । व्यवसायमा अझै लगानी बढ्ने क्रम जारी नै छ ।

व्यवसाय क्षेत्रमा सन्तुष्ट हुने अवस्था छ ?

व्यवसायमा म सन्तुष्ट छु । सोही कारण अझै यही क्षेत्रमा केही गर्न इच्छा मनमा छ ।

तपाईंले देखेको सपना ?

नेपालमा कुनै कुराको अभाव छैन । यो सबै कृतिम अभाव हो । सम्पन्न नेपाल नै मैले देखेको सपना हो । त्यसका लागि व्यवसाय क्षेत्रबाट सकेको योगदान गर्नेछु ।

तपाईंका अबका योजना ?

म बिना योजना व्यवसायमा आए । त्यसैले तनाव रहित व्यवसाय नै मेरो योजना हो । व्यवसाय क्षेत्रमा अझ थप काम गर्दै जाने छु ।

तपाईंले अहिले प्रदान गरिरहेको सेवा के के छन् ?

म पोखरा हर्वल होम्स को सञ्चालक हुँ । यहाँ सेमी हर्वल औषधिहरु पाइन्छन् । अर्को व्यवसाय बच्चा तथा महिलाको फेन्सी आइटमको विक्रि गर्ने एच एन के कलेक्सन हो । यसबाट रेडिमेड कपडा बिक्री गरिन्छ । व्यवसाय प्रमोसन सम्बन्धी काम गर्ने सोधिखोजी डट कमको गण्डकी प्रदेश हेर्ने जिम्मा मलाई छ । अर्को पानी पँधेरो ट्रेड प्रालि हो । यो डिर्पाटमेन्टल स्टोर्स हो । यसमा घरायसी सबै सामान पाइन्छ । गण्डकी प्रदेशकै मुख्य सपिङ सेन्टर यसलाई बनाउने भनेर हामी कस्सिएका छौँ । यसका ६ वटा शाखा खुलिसकेका छन् ।

अहिले व्यवसायीलाई परेका समस्या के के छन् ?

कोरोनाका कारण अहिले व्यवसायी समस्या नै समस्यामा परेका छन् । यहाँ व्यवसायिक वातावरण छैन । कामदारको पारिश्रमिक, व्यवसायी स्थलको भाडा, सरकारको बेला बेलामा परिवर्तन हुने अपारदर्शी कर नीति लगायतका धेरै समस्याले व्यवसायीलाई अगाडि बढ्न बाधा पुर्याएका छन् ।

व्यवसायीका समस्या कसरी संवोधन हुन सक्ला ?

यसका लागि सरकार, कर्मचारी, कर नीति व्यवसायी मैत्री हुनु पर्दछ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

मलाई व्यवसायले नै लगभग सबै थोक दिएको छ । सोही कारण बाँकी जीवन व्यवसायको लागि खर्चने छु । यसमा सबैको साथ पाउने मेरो अपेक्षा हो ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. बधाई तथा सफलताको शुभकामना छ कुमार सर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button