बालुवाटारमा प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने चौधरीले कालापत्थर पुगेर भने सगरमाथामा भारतले दाबी गर्नुपर्छ (भिडियोसहित)

पोखरा न्यूज । भारतीय न्यूज च्यानल ‘जी न्यूज’ का प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने बताएका छन् ।

हालसालै बालुवाटारस्थित प्रधानमन्त्री निवासमै प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका चौधरीले कालापत्थर पुगेर आपत्तिजनक रिपोर्ट तयार गर्दै नेपालको सगरमाथामा भारतले दाबी गर्नुपर्ने र सगरमाथाको नाम पनि परिवर्तन गर्नुपर्ने बताएका हुन् ।

उनले नेपालको राष्ट्रियतामाथि आघात पुर्याउने गरी भनेका छन्, “ माउन्ट एभरेष्टमाथि भारतले पनि आफ्नो दाबी गर्नुपर्छ, सगरमाथाको नाम राधानाथ सिकदर राख्नुपर्छ, यसको लागि भारत र भारतीय जनताले अभियान चलाउनुपर्छ।“
सर्भे अफ इन्डिया डिपार्टमेन्टको निर्देशनमा सन् १८५२ मा भारतको बंगालका प्रख्यात गणितीज्ञ राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका भन्दै चौधरीले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने बताएका छन्।

चौधरीले त्यतिबेला नै सगरमाथाको नाम राधानाथ सिकदर राख्नुपर्थ्यो भन्दै अब सगरमाथाको नाम राधानाथ सिकदर अथवा माउन्ट सिकदर राख्नुपर्ने र भारतले आफ्नो दाबी पेश गर्नुपर्ने धारणा राखेका छन् । त्यसका लागि सबै विश्वका अगाडि भारतले आफ्नो माग राख्नुपर्ने तथा भारत र भारतीय जनताले अभियान चलाउन पर्ने बताएका छन् ।

यसअघि जी न्यूजले प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको सम्वादसहित आपत्तीजनक रिपोर्ट प्रसारण गरेपछि नेपालमा जी न्यूजसहितका केही भारतीय च्यानलहरुको प्रसारणमा रोक लगाइएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button