लमजुङमा स्वास्थ्य बिमा कार्यक्रम शुरु

पोखरा न्यूज । स्वास्थ्य बिमा कार्यक्रम लमजुङमा पनि शुरु गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जिल्लाको सदरमुकाम बेसीसहरमा स्वास्थ्य बिमा सदस्यता वितरण शुरू गर्नु भएको हो ।

अब लमजुङबासीले बिमा गरी निश्चित स्वास्थ्य उपचारको खर्च निशुल्क पाउनेछन् । जिल्ला अस्पतालमा बिमितहरूको उपचार हुनेछ ।

मुख्यमन्त्री गुरुङका अनुसार जिल्लाका ७५ वडाका प्रतिनिधित्वबीच सुरू भएको स्वास्थ्य बिमा कार्यक्रम गाउँगाउँ पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button