पोखरामा चार वर्षीय बालक सहित प्रदेशका २२ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । गण्डकी प्रदेशमा थप २२ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा महानगरपालिका वडा नं १० का चार वर्षीय बालकमा पनि बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीमा १९ जना, तनहुँमा २ जना र पर्वतमा १ जनामा संक्रमण पहिचान भएको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या बुधबार दिउसोसम्म १५ हजार ४१ पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १ का १ जना महिला, वडा नं २ का १ जना पुरुष, वडा नं ३ का १ जना पुरुष, वडा नं ५का १ जना पुरुष, वडा न ६ का २ जना महिला र ३ जना पुरुष, वडा नं ८ का १ जना पुरुष, वडा नं १० का ३ जना महिला र १ जना पुरुष, वडा नं १७ का १ जना महिला र २ जना पुरुष र वडा नं १९ का १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी तनहुँको भिमाद नगरपालिका वडा नं ६ का १ जना महिला, शुक्लागण्डकी नगरपालिका वडा नं १० का १ जना पुरुष, पर्वतको मोदी गाँउपालिका वडा नं ७ का १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

बुधबार पहिचान भएका संक्रमित मध्ये १४ जनाका पोखरा स्थित लाइफ केयर एण्ड डायग्नेस्टिक सेन्टर प्रालिमा परिक्षण गरिएको थियो । बाँकी ८ जना पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान भएको निर्देशनालयले जनाएको छ । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने पनि जानकारी दिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button