पोखरामा बालिकाको मुन्द्रा चोरी गरेको आरोपमा युवती पक्राउ

पोखरा न्यूज । पोखरा मल भित्रबाट पाँच वर्षीया बालिकालाई एकान्त कुनामा लगेर मुन्द्रा चोरी गर्ने महिलालाई कास्की प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

पोखरा-९ पृथ्वीचोक स्थित पोखरा मल भित्रबाट सोमबार दिउँसो २.३० बजे पाँच वर्षीया बालिकालाई ललाई फकाई एकान्तमा लगेर बालिकाले कानमा लगाएका मुन्द्रा झिकेर चोरी गरेको आरोपमा प्रहरीले पोखरा-११ निवासी २२ वर्षीया एलिना गुरुङलाई पक्राउ गरी सार्वजनिक गरेको हो । एलिनासँगै अनुसन्धानको लागि पोखरा-११ रानीपौवा स्थित सुन पसले ३० वर्षीय विजय सुनारलाई समेत कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले एलिना सोमबार साँझ ५.३० बजे पोखराको पालिखे चोकबाट पक्राउ परेकी हुन् भने सुन पसले सुनारलाई मंगलबार अनुसन्धानका लागि पक्राउ गरेको हो । पोखरा-७ घारीपाटन निवासी रमिला पौडेलकी पाँच वर्षीया छोरीको मुन्द्रा चोरी भागेको सूचना र प्राप्त हुलीयाको आधारमा चोरीमा सम्लग्न गुरुङलाई पक्राउ गर्न प्रहरी सफल भएको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले दिनुभयो ।

उनीहरु दुुबै जनालाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत कास्की जिल्ला अदालतबाट सात दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button