हप्ता अगाडि पिकनिक खान गएका युवा फेवातालमा मृत भेटिए

पोखरा न्यूज । एक हप्ता अगाडि पोखरा २२ पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान गएदेखि हराएका एक युवा मृत भेटिएका छन् । पिकनिक खान गएदेखि घर नफर्केका युवाको शव बुधबार फेवातालमा फेला परेको हो । सोही ठाँउ पुम्दीभम्दीका सन्तोष परियारको शव फेवातालमा तैरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

पुष २२ गते सवा एक बजे पुम्दीभुम्दीको चिहानडाँडामा पिकनिक खान १०।११ जना व्यक्ति गएकोमा अबेर रातिसम्म परियार नर्फके पछि प्रहरीलाई खबर गरिएको थियो । अन्दाजी २४।२५ वर्षीय मृतक कोही कसैलाई नभनिकन पिकनिक खान गएको प्रहरीको भनाइ छ ।

प्रहरीले खोजतलास गर्ने क्रममा पिकनिक खान गएको ठाँउबाट ३ सय मिटर पश्चिमतर्फ फेवातालमा बुधबार बिहान शव फेला पारेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनु भएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button