केपी ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्न अगाडि वढेका छन् -अष्टलक्ष्मी

पोखरा न्यूज । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने दिशामा अघि बढेको आरोप लगाउनुभएको छ ।

बुधबार नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड-माधव समुहको काठमाण्डौ भेलालाई सम्बोधन गर्दै बागमति प्रदेश इन्चार्ज शाक्यले प्रधानमन्त्री ओलीले कम्युनिष्ट मूल्य मान्यता विपरीत प्रतिगमन गरेको दाबी गर्नुभएको हो । उहाँले प्रधानमन्त्री ओलीप्रतिगमनकारी, तनाशाही र स्वेच्छाचारी भएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “केपी ओली कमरेड होइन प्रतिगमनकारी हो । तानाशाही हो । स्वेच्छाचारी हो । उहाँले संविधानमाथि धावा बोल्नुभयो । गणतन्त्रमाथि धावा बोल्नुभयो । उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रको चिरहरण गर्नुभएको छ । उहाँ तानाशाही नेता हो । प्रतिगमनकारी नेता हो । ”

उहाँले केन्द्रीय कमिटीमा आफुहरुसंग बहुमत रहेको दाबी गर्नुभयो । उहाँले केपी ओली कम्युनिष्ट आन्दोलन सकाउने दिशामा अघि बढेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “१४ वर्ष जेल बसेको रे ? तर केपी ओलीमा कम्युनिष्ट चरित्र विरोधी रुपको झल्को दिईरहेको छ । केपी ओलीमा कम्युनिष्ट सोच छैन । आदर्श छैन । मूल्यमान्यता छैन । त्यसैले प्रतिगमनले घुँडा टेक्नुपर्छ । केपी ओली तानाशाहाले घुँडा टेक्नुपर्छ । काठमाण्डौ तात्दै तात्दैन तर तातेपछि सेलाउदैन । कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुर्याउनका लागि काठमाण्डौको योगदान रहदै आएको छ ।
यो वृहत भेलाले काठमाण्डौ तातिसकेको मैले महसुस गरेको छु ।अहिले काठमाण्डौ सिंगै आन्दोलनको केन्द्रविन्दु भएको छ ।

काठमाण्डौबासी तातिसकेकाले प्रतिगमन र तानाशाही केपी ओली विरुद्धको आन्दोलन निर्णायकमा पुग्न समय लाग्दैन । उहाँ अब कुर्सीबाट झर्नै पर्छ । फेरि पनि सडकमा धक्का दिनुपर्ने स्थिति आएको छ ।”काठमाण्डौवासी निरंकुशतन्त्र, एकात्मक व्यवस्था र राजतन्त्र व्यवस्थामा विश्वास नगर्ने र लोकतन्त्र र गणतन्त्र मन पराउने भन्दै काठमाण्डौ बासीहरु प्रतिगमन नसच्चीएसम्म सेलाएर नबस्ने चेतावनी दिनुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button