नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा बुधबार थप ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ४ हजार १ सय ५४ जनाको पीसीआर गरिएकोमा ४ सय ८८ जनाको नतिजा पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय १४ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ५९ हजार ७ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा २ सय ३७ जना रहेका छन् भने ४ हजार ४ सय ३४ जना आइसोलेसनमा रहेका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button