आजको राशिफल : माघ ०१ गते बिहीबार

वीरेन्द्र सापकोटा । आज मितिः २०७७–माघ–०१, बिहीबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १४, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी । मकरसंक्रान्ति

तिथिः प्रतिपदा घ.प ६ः१२(९ः२७), नक्षत्रः श्रवण. घ.प.५८ः११, योगः वज्र, करणः बालव, आनन्दादी योगः ध्वांक्ष

चन्द्रमाः मकर, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः२८

आजको राशिफलः

मेष. तपाईको आजको दिन त्यति फलदायी देखिदैन । सोच विचार गरेर मात्र काममा सक्रिय हुदा राम्रो हुनेछ । कुनै पनि काममा मन भने जाने देखिदैन । आलस्यता र तनावले घेर्ने योग रहेको छ भने मानसिक चञ्चलता पनि उत्तिकै हुनेछ ।

वृष. तपाईको आजको दिन राम्रै देखिन्छ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ भने गरेका कार्यहरु सहजताका साथ सम्पन्न हुनेछन् । शैक्षिक क्षेत्रमा प्रगती हुनेछ । धेरै ठाउँबाट प्रशंसा बटुल्ने योग रहेको छ ।

मिथुन. तपाईको आजको दिन धेरै झन्झटको सामना व्यहोर्नुपर्ने देखिन्छ । आफन्त तथा साथीभाइले धोका दिदा मन खिन्न हुनेछ । अनावश्यक सोचाइले मानसिक थकान हुने देखिन्छ भने स्वास्थ्यले पनि तपाईलाई साथ दिने देखिदैन ।

कर्कट. बिहानै शुभ समाचार प्राप्त गर्ने संकेत देखिन्छ । दिनभर मन प्रसन्नताका साथ व्यतित हुनेछ भने यात्राको अवसर पनि उत्तिकै रहेको छ । आम्दानीको श्रोत बढ्ने सुयोग रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ ।

सिंह. तपाईको आजको ठीक राम्रो मानिदैन । खर्चका माध्यमहरु बढेर जानेछन् । बोलिमा ध्यान नपुर्‍याउँदा बनेका काम पनि बिग्रने सम्भावना देखिएको छ । चोटपटकको भय बढेको छ भने सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

कन्या. तपाइको दिन खुसीका साथ बित्नेछ । मनोरञ्जनको सुअवसर पाइनेछ । नयाँ–नयाँ व्यवसायमा मन जानेछ । खुसीका खबरहरु सुन्न पाइनेछ । स्वास्थ्यमा सुधार आउँदा मनमा भने प्रसन्नता छाउनेछ ।

तुला. यात्राको संयोग देखिएको छ । प्रेम सम्बन्ध बढ्नेछ । नयाँ–नयाँ कामका अवसर आउँदा आर्थिक क्षेत्रमा फट्को मार्न सकिनेछ । आज शत्रु पनि तपाईको पक्षमा उभिने सम्भावना देखिएको छ ।

वृश्चिक. श्रीमान–श्रीमतीबिचको सम्बन्धमा प्रगाढ आउनेछ भने सन्तानको खुसि मिल्नेछ । आँटेका काम सफलताका साथ सम्पन्न हुनेछ । नयाँ–नयाँ मित्रसँग सम्बन्ध बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

धनु. तपाईको आजको दिन राम्रो देखिदैन । आँटेका कामले पूर्णता नआउँदा मनमा खिन्नता छाउनेछ । अर्थका क्षेत्रहरुमा हानि मात्र हुनेछ । साथिभाइहरुबाट धोका मिल्नेछ । चोटपटकको सम्भावना रहेको छ ।

मकर. तपाइको आजको दिन उत्कृष्ट रहेको छ । मान–सम्मानको योग रहदा मिष्ठान्न भोजनको समेत अवसर जुरेको छ । यात्राको प्रवल योग रहेको छ । स्वास्थ्य तपाइको पक्षमा रहेको छ ।

कुम्भ. मनोरञ्जनात्मक यात्राका साथै आम्दानीका श्रोतहरु बढेर जानेछन् । मनमा खुसिका तरङ्गहरु उत्पन्न हुँदा समाचार पनि राम्रा–राम्रा सुन्न पाइनेछन् । साथीभाइको साथले नै काम कारबाहीहरु बन्नेछन् ।

मीन. तपाईको आजको दिन राम्रै छ । काम गर्नुभयो भने गजबको सफलता मिल्नेछ । सन्तानको सुख प्राप्ति हुदा नयाँ साथिहरुसँगको मिलनको पनि सम्भावना देखिएको छ । आर्थिक क्षेत्रहरु दरिलो भएर गएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button