कोरोनाका कारण चिसोमा पनि घुम्ति व्यापार गर्न निस्केनन् उपल्लो मुस्ताङका वासिन्दा

पोखरा न्यूज । मुस्ताङको उपल्लो भेग लो सात क्षेत्र लोमन्थाङ आफैमा भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको क्षेत्र हो । लोमन्थाङको आफ्नै संस्कृति र संस्कार छ । यतिवेला हिमाली क्षेत्रमा बसोवास गर्ने समुदायले मनाउने सोनाम ल्होसारको रौनक लोमन्थाङ क्षेत्रमा पनि चलिरहेको छ । कोभिड १९ कोरोना भाइरसका कारण हिमाली भेगमा बसोबास गर्ने समुदायहरु चिसो बढेतापनि आफ्नो थातथलो छोडेर घुम्ती ब्यापारमा निस्कन पाएका छैनन । लो सात क्षेत्रका बासिन्दाको स्वास्थ्य प्रतिको उच्च सतर्कताका कारण पनि उक्त क्षेत्रमा कोरोनाको कुनै असर परेको देखिदैन ।

चिसो मौसममा पनि उनीहरुले सोनाम ल्होसार जस्ता मौलिक संस्कृति बोकेको चाडपर्वहरुभने मनाउदै आएका छन । उक्त चाडपर्वमा सहभागी हुन नपाएपनि उक्त क्षेत्रबाट गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद इन्द्रधारा विष्टले एक बक्तब्य मार्फत सोनाम ल्होसारको शुभकामना दिएका छन । चिसो मौसम त्यसमा पनि कोरोना कहरका बीच पनि आफ्नो मौलिक संस्कृति बोकेका चाडपर्वहरु आफ्नो जनताहरु संगै बसेर मनाउन नपाएको दुखेसो पोख्दै सांसद विष्टले सोनाम ल्होसारको शुभकामना ब्यक्त गरेका छन ।

शुभकामना वक्तब्य मार्फत सांसद विष्टले भनेका छन कोरोना कहरका कारण मेरो क्षेत्रका जनताले निकै कष्टकर जीवन जिउन बाध्य भएका छन, उनीहरुले वर्षेनी हिउदको समयमा समेत चिसो छल्न गरिदै आएको घुम्ती ब्यापारमा समेत निस्कन नपाउँदा निकै कष्टकर जीवन जीउन बाध्य भएको महशुस गरेको छु । चिसो मौसममा पनि आफ्नो मौलिक पर्वहरु तिजी, यार्तुङ लगायत विभिन्न कार्यक्रमहरु साथै ल्होसार संगै मनाउने धोको भएतापनि कोरोनाको उच्च सतर्कताका लागी आफु उपल्लो मुस्ताङ चाहेर पनि आउन नसकेकोमा आफ्ना जनताहरुलाई यो वर्ष संगै नभएपनि आगामी वर्षहरुमा संगै बसेर मौलिक संस्कृति बोकेको पर्वहरु मनाउने बाचा समेत प्रेस बक्तब्य मार्फत ब्यक्त गरेका छन ।

विषेशत सांसद विष्टले उपल्लो मुस्ताङका जनताका हरेक समस्यामा साथ दिने बाचा समेत गरेका छन । शुभकामना मार्फत सांसद विष्टले भनेका छन कहिले राजनीतिक रुपमा देश थला परेको छ, कहिले आर्थिक सामाजिक हिसावले थलिएका छ । कहिले प्राकृतिक विपत्ति उर्लिएको छ, कहिले महामारीले थिचेको छ । तर हामी उठ्न छोडेका छैनौं । मलाई विश्वास छ, यो कोभिड १९ बाट पनि हामीले छिटै छुटकारा पाउने छौं र छिटै सामान्य दैनिकीमा फर्किने छौं ।

कोभिडका कारण तल्ला क्षेत्रमा भन्दा पनि मेरो निर्वाचन क्षेत्रका नागरिकहरु सकसमा हुनुहुन्छ, मलाई थाहा छ । यस वर्ष हामी जाडो छल्न बेंसी झर्न सकेनौं । कठ्यांग्रिएर भएपनि देशको स्वास्थ्य लाभको कामना गर्दै हामी आफ्नै थलोमा अड्क्यौं । आज देश संकटमा छ । कोरोना भाइरसका कारण लाखौं नेपालीहरु संक्रमित भएका छन् । कोरोनाको चरम यो समयमा मैले तपाईंहरुसँग भेटघाट गरेर तिजी,यार्तुङ,टुर्नमेण्ट र ल्होसार मनाउन चहेर पनि अऊन सकिनँ । सर्वप्रथम यसका लागि क्षमाप्रार्थी छु ।

कोभिडको समयमा आफ्नो क्षेत्रका नागरिकको जीउधनको रक्षाका लागि मैले मेरो तर्फबाट सकेजति गरे । पोखरामा रहँदा बस्दा दैनिकी चलाउन समस्या परेकाहरुलाई मैले प्रदेश सरकार र विभिन्न संघ संस्थाको सहयोगमा राहत वितरण गरे र लगाए । विदेशबाट आउनुभएकाहरुलाई पोखरामै राखेर पीसीआर जाँच देखि क्वारेन्टाइन गराएपछि मात्रै सुरक्षित रुपमा घर पठाएको थिएँ । सायद त्यही कारणले होला, मुस्ताङ जिल्लालाई कोरोनाले खासै छोएन त्यसमा पनि मेरो क्षेत्र दुई स्थानीय तहमा केही भएन । यसमा मलाई गर्व छ सचेत,अनुशासित नगरिकको प्रतिनिधि हुनुमा। त्यसैले तपाईंहरुलाई दुख पर्दा साथ र सहयोग गर्नु मेरो दायित्व हो । अहिले तपाईंहरु रोगबाट सुरक्षित हुनुहुन्छ ।

त्यसैले म आएर विथोल्न चाहान्न । किनकी रोग कोसँग लुकेर आउँछ कसैलाई थाहा छैन । दुख परेका बेला म तपाईंहरुकै साथमा छु, भन्ने सम्झनुहोला । मेरा सम्पूर्ण इष्टमित्र र शुभचिन्तकहरुमा २०७७ सालको सोनाम ल्होसारको हार्दिक मंगलमय शुभकामना । यो वर्ष यस्तै भयो, आउँदो वर्ष एकै ठाउँमा भेला भएर उमंगका साथ ल्होसार मनाउँला तर तपाईंहरु मनाऊनु होला।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button