नेपालमा थप ४ सय ३ जनामा कोरोना संक्रमण

पोखरा न्यूज । नेपालमा बिहीबार थप ४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ५ हजार ३२ जनाको पीसीआर गरिएकोमा २ सय ४२ जना पुरुष र १ सय ६१ जना महिला गरी जम्मा ४ सय ३ जनामा नतिजा पोजेटिभ देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४ सय ५ जना निको भएसँगै निको हुनेको कुल संख्या २ लाख ६० हजार १ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा हाल क्वारेन्टिनमा २ सय ३१ जना रहेका छन् भने ४ हजार ४ सय २६ जना आइसोलेसनमा रहेका छन् ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button