पर्यटन मन्त्री ढकालद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन

पोखरा न्यूज संवाददाता । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भौतिक प्रगतीको हिसाबले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भन्दा पोखरा विमानस्थल उत्कृष्ट रहेको बताउनु भएको छ ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन भ्रमणमा पोखरा आउनुभएका मन्त्री ढकालले पोखरा विमानस्थलको निर्माणको प्रगतीले आफू खुसी भएको बताउनुभयो । भैरहवामा निर्माण हुन लागेको विमानस्थलको स्थलगत अवलोकनपछि पोखरा आउनुभएका मन्त्रीले बनावट र निर्माण प्रगती पोखराको राम्रो भएको बताउनुभयो ।

निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अवलोकन पछि निर्माणको क्रममा आउने नीतिगत समस्या र समन्वयको लागि सरकार सधै तयार रहेको भन्दै मन्त्री ढकालले समयमा निर्माण सम्पन्न भई संचालनमा ल्याउन सरकारले तयारी थालेको बताउनुभयो । सरकारको ध्यान नपुगेका कारण विलम्ब भएका काम र समस्यालाई समयमा हटाउन आफुले पहल लिने पनि उहाँले बताउनुभयो ।पोखरा अन्र्तराष्ट्रिय विमानस्थलको अहिले सम्म ७० प्रतिशत भौतिक संरचना निर्माणको काम सम्पन्न भैइसकेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button