आजको राशिफल : माघ २ गते शुक्रबार

आज मितिः २०७७-माघ-०२, शुक्रबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १५, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः द्वितीया घ.प.:४ः५२(८ः५४), नक्षत्रः धनिष्ठा. घ.प.५९ः२४, योगः सिद्ध करणः तैत्तिल, आनन्दादी योग : धाता

चन्द्रमाः मकर, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६ः५८

सूर्यास्तः १७ः२९

आजको राशिफलः

मेष. तपाईंको आजको दिनचर्या मध्यम देखिएको छ । आलस्यतपनले छाड्नेछैन । मनमा कुविचारले प्राथमिकता पाउँदा मानसिक तथा शारीरिक स्वास्थ्यमा समस्या देखिनेछ । बोलीमा विचार पुर्याउँदा राम्रो देखिनेछ ।

वृष. तपाईंको दिन सामान्य पारामा बित्ने देखिन्छ । सबैको रोजाईको पात्रको रुपमा आफूलाई उभ्याउन सक्ने खम्बाको रुपमा देखिनुहुनेछ । मनमा शान्ति छाउनेछ भने सोचेका कार्यले पूर्णताको बाटो रोज्ने देखिन्छ ।

मिथुन. शरीर र मन गहु्रङ्गो भएको महशुस हुने देखिन्छ । चारैतर्फबाट मानसिक तनावले घेर्नेछ । स्वास्थ्यमा समस्या आउँदा बनेका काम पनि बिग्रन सक्ने सम्भावना देखिन्छ । आज भय को मात्र सम्भावना देखिन्छ ।

कर्कट. दिनभर मन खुसी रहनुका साथै यात्राको संयोग जुरेको छ । आम्दानीको श्रोत बढ्ने भएकाले चनाखो र बुद्धिमता पु¥याउनुपर्ने देखिन्छ । स्वास्थ्यमा सुधार आउनेछ । सबैको प्यारो र शारीरिक फूर्ति बढ्नेछ ।

सिंह. पेटमा समस्या आउने छ भने खानामा गडबड हुने भएकाले सचेतता अपनाउनुपर्ने समय देखिन्छ । मनमा विभिन्न तरङ्गले छाड्नेछैन । आफ्नो पनि पराइका हुने सम्भावना बढेको छ । गरेको कार्यमा व्यवधान आउने सम्भावना देखिन्छ ।

कन्या. श्रीमान-श्रीमती बीचको सम्बन्धमा प्रगाढ आउनेछ भने सन्तानको खुसी मिल्नेछ । आँटेका काम सफलताका साथ सम्पन्न हुनेछ । नयाँ-नयाँ मित्रसँग सम्बन्ध बढ्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

तुला. मनोरञ्जनात्मक यात्राका साथै आम्दानीका श्रोतहरु बढेर जानेछन् । मनमा खुसीका तरङ्गहरु उत्पन्न हुँदा समाचार पनि राम्रा-राम्रा सुन्न पाइनेछन् । साथीभाइको साथले नै काम कारबाहीहरु बन्नेछन् ।

धनु. तपाईंको आजको ठिक राम्रो मानिदैन । खर्चका माध्यमहरु बढेर जानेछन् । बोलीमा ध्यान नपु¥याउँदा बनेका काम पनि बिग्रने सम्भावना देखिएको छ । चोटपटकको भय बढेको छ भने सावधानी अपनाउनु नै बुद्धिमानी हुनेछ ।

मकर. दिन आजको सफलतापूर्वक बित्नेछ । सकारात्मक र शान्तिका सन्देश सुन्न पाइनेछ । आर्थिक कारोबारमा नाफाको समय देखिन्छ । मन सुदृढ हुनेछ भने आँटेका कार्यक्रमले फलिफाप दिलाउनेछ । समग्रमा तपाईंको आजको दिन सुखपूर्वक बित्नेछ ।

कुम्भ. बिहानै शुभ समाचार प्राप्त गर्ने संकेत देखिन्छ । दिनभर मन प्रसन्नताका साथ व्यतित हुनेछ भने यात्राको अवसर पनि उत्तिकै रहेको छ । आम्दानीको श्रोत बढ्ने सुयोग रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ ।

मीन. तपाईंको आजको दिन खुसीका साथ बित्नेछ । मनोरञ्जनात्मक यात्राको अवसर मिल्नेछ । नयाँ-नयाँ व्यवसायमा मन जाँदा खुसीका खबरहरु पनि सुन्न पाइनेछ । स्वास्थ्यमा सुधार आउँदा मनमा भने प्रसन्नता छाउनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button