वहुमतको सरकार नेपालमा अफापसिद्ध भयो-राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

कास्कीका क्रियाशील पत्रकार सम्मानित

पोखरा न्यूज संवाददाता । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा वहुमतको सरकार अफापसिद्ध भएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीको १५ औ साधारण सभा तथा सम्मान कार्यक्रममा शुक्रबार बोल्दै अध्यक्ष तिमिल्सिनाले उक्त कुरा बताउनुभएको हो । नेपाली काँग्रेसको एक माना सरकार हुुँदा जनताले दिएको जनादेश पाँच वर्ष नपुग्दै तत्कालीन प्रधानमन्त्री एव नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले २०५१ सालमा मध्यावधी निर्वाचन घोषण गर्नुभयो, त्यसपछि बनेका दुई वटा बहुमतका सरकार पनि पाँच वर्ष टिक्न सकेनन्, नेपाली जनताका लागि बहुमत अफापसिद्ध बनेको छ ।

हामी ठूलो पार्टी बनाउने भन्दै अगाडि वढ्यौ, पार्टी एकता पनि भयो तर अहिले पार्टी फूटको संघारमा पुगेको छ, पार्टी फूटन हुदैन, अझै पनि शीर्ष नेताले पार्टीलाई बचाउने तर्फ ध्यान दिन जरुरी छ, अझै पार्टीलाई सपार्ने जिनो आशामा आम नागरिकको आशा छ, नेपाली जनताको भावनालाई ध्यानमा राखेर पार्टीलाई सपार्दै एक ढिक्का भएर निर्वाचनमा जान पनि सकिन्छ, उहाँले भन्नुभयो– निर्वाचन हुदैन भनेर किन प्रचार गर्ने नेपालमा कु तत्वले खेल्ने ठाँउ पाउछन ।

यो व्यवस्थालाई सफल पार्न हामी सबै लोकतन्त्रवादी लाग्नुपर्छ, संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ, अदालतको फैसला सबैले मान्नु पर्छ, अब जे फैसला आउछ त्यो कुरेर बस्नु बाहेक अन्य विकल्प छैन्, पार्टी विभाजन भएको छैन्, शीर्षनेताले अझै पनि पार्टीलाई फूटबाट बचाउन सक्छन त्यसका लागि पहल गरौ, अध्यक्ष तिमिल्सेनाले भन्नुभयो । राष्ट्रिय सभा अध्यक्ष भएकोले म राजनीतिबाट टाढा रहनुपर्ने बाध्यता छ, नेकपाका दोस्रो पुस्ताका नेताले पार्टी फूटनबाट जोगाउन पुन एक पटक कसरत गर्नु जरुरी छ, जनताबाट विश्वास जित्न सकेनौ भने हामी माथि उढ्नका लागि अझै केही वर्ष लाग्न सक्छ, समयमा वुद्धिमतापूर्वक काम गर्न जरुरी छ, अध्यक्ष तिमिल्सेनाले भन्नुभयो ।

सो अवसरमा अग्रज पत्रकार नारायण कार्कीलाई कीर्ति स्मृति समम्मानद्वारा सम्मानीत गरिएको थियो । कार्कीलाई १ लाख ११ हजार एक सय ११ रुपैयाँसहित सम्मान पत्रद्वारा सम्मान गरिएको हो । त्यस्तै पत्रकार रामकृष्ण ज्ञवाली दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनुभएको छ । उक्त पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रहेको छ । पत्रकार भरत कोइराला गजेन्द्र भण्डारी स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानीत हुनुभएको छ, उक्त पुरस्कारको राशि २५ हजार रुपैयाँ र सम्मान पत्र रहेको छ ।

त्यस्तै  टंकादेवी स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार कमल पौडेल  तथा  पत्रकार मोतिसागर अधिकारी  २०७७ बाट सम्मानीत हुनुभएको छ।  उक्त पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । नेपाल पत्रकार महासंघ कास्कीद्वारा प्रदान गरिने २० हजार रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदी सम्मानीत हुनुभएको छ ।  २० हजार रुपैयाँ राशिकै मिना सृजनशील पत्रकारिता पुरस्कारबाट पत्रकार रोशनी गुरुङ सम्मानीत हुनुभएको छ।

त्यस्तै जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट अर्जुन गिरी र २०७७ बाट भीम थापा पुरस्कृत हुनुभएको छ।  उक्त पुरस्कारको राशि जनही ११ हजार एक सय ११ रहेको छ ।

सो अवसरमा पत्रकार महासंघमा योगदान पुर्याउने व्यक्ति, महासंघ सदस्य तथा कर्मचारीलाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button