विमानस्थल निर्माण कार्य बारे पोउवा संघको चासो

पोखरा न्यूज । पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यप्रति चासो देखाएको छ ।

संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा शुक्रबार विमानस्थल निर्माण क्षेत्रमा पुगेको प्रतिनिधिमण्डलले निर्माण प्रगति, त्यसको अवस्थाबारे जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिनुभएकाे छ । विजुक्छेका अनुसार प्रतिनिधिमण्डलाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनियर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराउनु भएकाे थियाे । अध्यक्ष कोइरालाले विमानस्थल निर्माणको लागि  संघले २०३३ सालदेखि गरेको पहलदेखि रिले अनसनसम्मका प्रसंग स्मरण गर्दै विमानस्थल तोकिएकै मितिमा संचालन हुनुपर्नेमा जोड दिनुभएकाे छ ।

विमानस्थल तोकिएकै मितिमा संचालन भए त्यसले कोभिड–१९ ले थलिएको पर्यटन उद्योगसहित सम्पूर्ण निजी क्षेत्रलाई लाभ पुग्ने र त्यसबाट समुचित लाभ लिने खालका कार्यक्रम बनाउन एवं सहकार्य गर्न  सदैव तयार रहेको बताउनु भयाे । २०३२ सालमा ३१ सय ६ रोपनी जग्गा अधिग्रहण भएसँगै  संघले विमानस्थल निर्माणको लागि पैरवी गर्दै आइरहेको छ । विभिन्न समयमा प्रधानमन्त्री, पर्यटनमन्त्री तथा अन्य सरोकारवाला निकायहरुसँग निरन्तर पैरवीमा रहेको संघले बाध्य भएर २०६८ सालमा रिले अनसनको नेतृत्व नै गरेको थियो । संघले अगुवाई गरेको सो रिले अनसनमा पोखराका सबैजसो संघसंस्था, नागरिक समाज तथा गण्डकी प्रदेशभित्रका उद्योग वाणिज्य संघहरुले ऐक्यवद्धता जनाएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button