जनसम्पर्क समिति कतारको रक्तदान कार्यक्रम

पोखरा न्यूज सम्वाददाता । नेपाली जनसम्पर्क समिति कतारले ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ l हमद हस्पिटलको ब्लड डोनेट सेन्टरमा आयोजित कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन l समितिका प्रमुख सल्लाहकार बिमल सुवेदीले कार्यक्रममा पहिलो रक्तदान गरि सुरु गरिएको थियो । करिब ८८ जनाको नाम दर्ता गरिएको भए पनि ६८ जनाले मापदण्ड अनुसार रक्तदान गरेका हुन l

कार्यक्रममा कतारमा स्थापित बैचारिक, सामाजिक, ब्यवसायिक, सामुदायिक साहित्यिक संघ संस्थाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा २०० जनाको उपस्थिति रहेको संस्थाका महामन्त्री अजिज अलिले जानकारी दिनुभएकाे छ l जनसम्पर्क समिति कतारको यो आठौ रक्तदान कार्यक्रम हो । हमद ब्लड सेन्टरले जनसम्पर्क समितिलाई अवार्ड समेत प्रदान गरेको जानकारी प्रमुख सल्लाहकार बिमल सुवेदीले दिनुभएकाे छ l

मेलमिलाप दिवसका अवसरमा बिगतका बर्षहरुमा रक्तदानसंगै वनभोज, सांस्कृतिक, साहित्यिक लगायतका कार्यक्रमहरुको आयोजना गरेर मनाउने गरिएको थियो । यस पटक कोभिड- १९ का कारण अन्य कार्यक्रमहरु स्थगित गरिएको हाे । कार्यक्रममा संस्थाका संस्थापक सभापति एवं नेपाली कांग्रेसको जनसम्पर्क समिति केन्द्रीय बिभागका सदस्य नरेन्द्र भाट, संस्थापक कोषाध्यक्ष भूपति भट्टराई, संस्थापक सल्लाहकार क्रान्ति सिंह, संस्थाका कावा सभापति शंकर न्यौपाने र महाधिवेशन प्रतिनिधिहरुले उपस्थित सम्पूर्णलाई स्वागत तथा धन्यवाद दिनु भएकाे थियाे ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button