संविधान र लोकतन्त्रको रक्षाका लागि काँग्रेस जस्तोसुकै मूल्य चुकाउन पछि पर्दैन -काँग्रेस नेता जोशी

पोखरा न्यूज संवाददाता । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीले संविधान र लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेस आन्दोलनमा जाने बताउनुभएको छ ।

नेपाली काँगेस कास्कीका कार्यकर्तालाई आइतबार पोखरामा सम्बोधन गर्दै नेता जोशीले संविधान र लोकतन्त्र सही बाटोमा नआउदासम्म काँग्रेसले सडक आन्दोलनलाई तीव्र पार्ने बताउनुभएको हो । लोकतन्त्र स्थापनालाका लागि वर्षदेखि लड्दै आएको काँग्रेस अब चुप लागेर बस्दैन जोशीले भन्नुभयो–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर ठूलो गल्ती गर्नुभयो । लोकतन्त्रको रक्षाका लागि काँग्रेस जस्तोसुकै मूल्य चुनाउन पछि पर्दैन, उहाँले भन्नुभयो- वि.स. २००७ सालदेखी नै काँग्रेस लोकतन्त्रको लागि लड्दै आएको हो ।

प्रधानमन्त्रीको कदलमले देशमा संवैधानिक संकट निम्तेको छ, यस्तो अवस्थामा सम्पूर्ण जनताले लोकतन्त्रको रक्षाका लागि आवाज उठाउनुपर्ने बेला आएको छ, उहाँले भन्नुभयो–संसद विघटनको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ, स्वतन्त्र न्यायालयलाई दवाव दिन कसैले मिल्दैन, अदालतको निर्णय सर्वमान्य हुन्छ ।

जनताले पाँच वर्षको लागि चुनेर पठाएको वहुमतको सरकार आफ्नै पार्टी भित्रको विवादका कारण भंग भएको छ, यसले राष्ट्रलाई मात्र हैन सम्पूर्ण नेपालीलाई सोच्न बाध्य बनाएको छ, उहाँले भन्नुभयो-लोकतन्त्रका लागि पुनः नेपाली जनताले आन्दोलन गर्न नपरोस् । प्रधानमन्त्री केपी शर्माको कदमप्रति अन्य दलहरुले पनि विरोध र प्रदर्शन गर्दै आएको उताउदै उहाँले संविधानको भावना विपरिकता काम लोकतन्त्रमा मान्य नहुने बताउनुभयो ।

नेपाली काँग्रेसको महाधिवेशन आगामी भदौ महिनामा हुने जानकारी नेता जोशीले कार्यकर्ता माझ गराएका थिए । नेपाली काँग्रेस भित्रको आन्तरिक लोकतन्त्रका लागि भदौ महिनामा पार्टीको केन्द्रीय महाधिवेशन हुने र पार्टीका सम्पूर्ण भातृ संगठनको अधिवेशन पनि हुने जानकारी दिनुभयो । नेपाली काँग्रेसलाई जीवन्त राख्नका लागि काँग्रेसले आफ्नो संगठन विस्तार र सक्रिय सदस्यता वितरणलाई जोड दिने भनाई पनि उहाँको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button