गुणस्तरीय सामग्री उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने

पोखरा न्यूज । वाग्मती प्रदेशका प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले उद्यमीले राष्ट्रलाई आत्मनिर्भर बनाउन र गुणस्तरीय सामग्रीको उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पठाउनुपर्ने बताउनुभएको छ ।

उहाँले नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, घरेलु तथा साना उद्योग महासङ्घ, होटेल सङ्घ नेपाल र नेपाल निर्माण व्यवसायी महासङ्घको साझेदारीसम्बन्धी कार्यक्रममा उहाँले राष्ट्रलाई आर्थिक स्रोत मजबुत तुल्याउने बहुराष्ट्रिय कम्पनीलाई सङ्घीय सरकार र प्रदेश सरकारले सञ्चालनमा ल्याउन भौतिक सुविधाका साथै समयानुकूल ऐन कानूनको तर्जुमा गर्दै लैजानुपर्ने बताउनुभयो ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले हेटौँडा औद्योगिक क्षेत्रमा विभिन्न उद्योगहरु स्थापनाका लागि आवश्यक जग्गा र भौतिक सुविधा उपलब्ध गराउनाका साथै उपमहानगरपालिकाले पनि विभिन्न चरणमा स्रोत साधन परिचालन गरी उद्यमीलाई उद्योग स्थापना गर्न रचनात्मक सहयोग गरेको बताउनुभयो । कार्यक्रममा परियोजनाका कार्यक्रम संयोजक चन्द्रकान्त अधिकारीले ‘एलक्स परियोजना’अन्तर्गत श्रम बजारको मागअनुसार रोजगारदाता सङ्घले समन्वयात्मकरुपमा श्रम बजार सूचनासम्बन्धी कार्यक्रम सञ्चालन गर्न बलियो संरचनाको स्थापना गर्ने उद्देश्य लिएको जानकारी दिनुभयो ।

परियोजनाले कृषि, भौतिक निर्माण, पर्यटनलगायत क्षेत्रसँग आबद्ध रहेर काम गर्ने अपेक्षा गरिएको र सो परियोजनाको लागत रु १८ करोड रहेको मकवानपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिनुभयो । मकवानपुर उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानले प्रदेश राजधानी हेटौँडामा मझौला उद्योग सञ्चालनका लागि र उद्यमीलाई सरकारले सुविधायुक्त नियम कानून तर्जुमा गरी कार्यान्वयन गर्न सके गरीबी निवारण हुने बताउनुभयो । वाणिज्य महासङ्घका वाग्मती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठले सो परियोजनाले विपन्न नागरिकलाई आत्मनिर्भर तुल्याउन विभिन्न उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button