आजको राशिफल : माघ ०५ गते सोमबार

पोखरा न्यूज । आज मितिः २०७७–माघ–०५, सोमबार, नेपाल सम्वत् ११४१, तदनुसार जनवरी महिनाको १८, २०२१, पौष शुक्ल पक्ष, सम्वत्सरः प्रमादी ।

तिथिः पञ्चमी घ.प. : ८ : २८(१०:२०), नक्षत्रः पू.भा.(५:३५), योगः परिघ, करणः कौलव,  आनन्दादी योग : मुशल

चन्द्रमाः मीन, सूर्यः मकर, अयनः उत्तरायण

सूर्योदयः ६:५७

सूर्यास्तः १७:३२

आजको राशिफलः

मेष. तपाईँको लागि आजको दिन राम्रो देखिएको छ । इष्टमित्र तथा आफन्तसँगको मेलमिलापले हर्षोल्लासको वातावरण हुनेछ । आर्थिक कारोबारमा सहजता र सहयोगीपनको भावना जागृत हुनेछ ।

वृष. सन्तोषजनक रूपमा नै दिन व्यतीत हुनेछ । आफूभन्दा मान्यजनको आशीर्वादले काममा पूर्णता मिल्ने सम्भव रहेको छ । स्वास्थ्यमा सुधार आउने देखिन्छ । मन प्रसन्न हुनेछ । गरेका कामले पूर्णता पाउनेछन् ।

मिथुन. तपाइको आजको दिन त्यति राम्रो देखिँदैन । आर्थिक कारोबारमा असफलता मिल्ने सम्भावना रहेको छ । मनमा द्विविधा उत्पन्न हुँदा काममा बाधा अवरोधका साथै असफलता हात लाग्नेछ । स्वास्थ्यले साथ नदिन सक्छ ।

कर्कट. तपाइको आजको दिनमा पद प्रतिष्ठा बढ्ने योग रहँदा मान–सम्मान प्राप्त गर्ने अवसर मिल्नेछ ।  नयाँ–नयाँ आर्थिक कारोबारमा हात हाल्ने मन जाग्दा साथीभाइको सहयोग मिल्नेछ भने दैनिकी सफलतापूर्वक बित्नेछ ।

सिंह. तपाइको आजको दिन राम्रो मान्न सकिँदैन । झैझगडाको सम्भावना देखिएको छ भने सवारी दुर्घटनाको सम्भावना पनि उत्तिकै देखिन्छ, जसका कारण सतर्कता अपनाउनु नै उत्तम हुनेछ । बोलीमा विचार नपुर्‍याउँदा  गर्न लागेका काम पनि बिग्रन सक्छ ।

कन्या. मान सम्मान प्राप्त हुने दिन सुअवसर मिल्नेछ । गरेको काममा सफलता मिल्दा नयाँ–नयाँ काममा मन जागृत हुनेछ । आफन्त तथा साथीभाइको सहयोगले गर्दा काममा सफलता हात लाग्नेछ ।

तुला.स्वास्थ्यमा समस्या आउँदा भइसकेका काममा अवरोध हुन सक्ने सम्भावना देखिन्छ ।  मनमा अनेकानेक शङ्का उपशङ्काले घेर्नेछ । आफ्नाले धोका दिँदा मन टुट्नेछ । गरेको कार्यमा व्यवधान ल्याउन नजिकका व्यक्तिहरू सक्रिय हुनेछन् ।

वृश्चिक तपाइको आजको दिन राम्रो छ भन्न सकिन्छ । मन प्रफुल्ल हुनेछ । आर्थिक कारोबारमा नसोचेका सफलता प्राप्ति हुनेछ । आत्मबल दरिलो हुनेछ । सवारी साधनले पनि फाइदा पुर्‍याउनेछ ।

धनु. तपाइको आजको दिन उधारो नगद उठ्नेछ । शत्रुहरूले पनि मित्रताको भावना जागृत गराउनेछन् । बिग्रिसकेको काममा नसोचेको सफलता प्राप्ति हुनेछ । स्वास्थ्यले साथ दिँदा अधुरा काममा पूर्णता हुने सङ्केत पनि उत्तिकै रहेको छ ।

मकर. बेरोजगार भए रोजगार र रोजगारी भए पद प्रतिष्ठामा वृद्धि हुने योग आजको दिनमा रहेको छ । जसको सुरुवात तपाइ स्वयंले गर्नुपर्ने हुन्छ । शत्रु पराजित हुनेछन् । थोरै विचार र बुद्धिको प्रयोग भएमा कार्य सफलताको बाटोमा जानेछ ।

कुम्भ. तपाइको आजको दिन राम्रो मान्न सकिँदैन । इच्छाएका कुराहरूमा अवरोध आउने छन् । सोचेका खानेकुराहरू खान नपाइने सम्भावना पनि उत्तिकै देखिन्छ । आर्थिक कारोबारमा होसियारी नपुर्‍याए डुबाइदिने सम्भावना पनि उत्तिकै देखिन्छ ।

मीन. तपाईँको आजको दिन उत्कृष्ट रहेको छ । मनोकांक्षा पुरा हुनेछ भने मान सम्मानको योग प्राप्ति हुँदा पद प्रतिष्ठा पनि बढेर जानेछन् । परिवारको साथले हरेका काममा सफलता हात लाग्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button