क्रिस्टललाई ब्रान्डको रुपमा स्थापित गर्ने सपना छ : गोविन्द बास्तोला

हाम्रा सर्घषका दिन कठिन थिए

पोखरा न्यूज । युवा व्यवसायी गोविन्द बास्तोलाको जन्म पोखराको फूलबारीमा भएको हो । उहाँ क्रिस्टल क्लज इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक हुनुहुन्छ । उहाँ क्रिस्टल ग्रुप अफ कम्पनी अन्र्तगत क्रिस्टल ब्राण्डलाई स्थापित गर्न कस्सिनुभएको छ । क्रिस्टल ग्रुप अफ कम्पनी अन्र्तगत क्रिस्टल इन्टरटेनमेन्ट प्रालि, क्रिस्टल डान्स इन्स्टिच्यूट, क्रिस्टल गार्मेन्ट, क्रिस्टल वयर सञ्चालनमा छन् । अबको केही वर्षमा क्रिष्टल ब्राण्डको बेग्लै पहिचान बन्ने विश्वासका साथ क्रिस्टलले सेवा विस्तार गर्दै गएको छ ।

क्रिस्टल क्लजको सुरुवात डान्स क्रुबाट भएको हो । डान्स क्रु ले २०६९ सालबाट काम शुरु गरेको थियो । यसको औपचारिक स्थापना २०७१ सालमा पोखरामा भयो । पोखराको नदिपुरबाट यसले यात्रा शुरु गर्यो । स्थापना गर्दा सन्देश जंग राणा, देव गुरुङ र गोविन्द बाँस्तोला हुनुहुन्थ्यो । बीचमा यसको रफ्तार रोकियो । गत वर्षबाट पुनः यसको रफ्तार बढेको छ । डान्स क्रु मा अहिले सन्देश जंग राणा, देव गुरुङ, प्रगती पुन मगर, सुधीर नेपाली, प्रवीन मगर हुनुहुन्छ । व्यवस्थापनको जिम्मा गोविन्द बास्तोलालाई छ ।

अहिले क्रिस्टलको क्षेत्र विस्तार भइरहेको छ । यो नृत्यमा मात्र सीमित छैन । डान्स वा मनोरन्जन क्षेत्रमा मात्र नभएर लगाउने पोसाकदेखि सूचना प्रविधिको क्षेत्रमा समेत क्रिस्टल अगाडि बढ्न खोज्दैछ । क्रिस्टलको डान्स तर्फ सन्देश, देव र प्रगती, गार्मेन्ट तर्फ गोविन्द, क्रिस्टल वयरतर्फ अस्मिता भुजेल र आइटी तिर सुगम अग्रवाल र निश्चल खड्गी खटिनुहुन्छ ।

पोखराको बास्तोलाथरमा रहेको क्रिस्टलले अब विस्तारै ब्राञ्च खोल्दै आफ्नो उत्पादनको बजार विस्तार गर्ने योजना बनाएको छ । भविष्यमा क्रिस्टल भन्ने वित्तिकै सबै सामान तथा सेवा पाइने ठाउँ हो भन्ने बनाउने यसको लक्ष्य हो । यसपाली क्रिस्टल क्लज इन्टरटेन्मेन्ट प्रालिका सञ्चालक युवा व्यवसायी गोविन्द बाँस्तोलासँग व्यवसायिक यात्राका बारेमा केही प्रश्न गरेका छाँै ।

तपाईंको व्यवसाय क्षेत्रमा आगमन कसरी भयो ?

प्रवेशिका परीक्षा दिएपछि मेरो कलाकारिता क्षेत्रमा प्रवेश गर्ने चाहना थियो । त्यतिबेला कलाकारिता क्षेत्रमा अगाडि बढ्न घरबाट स्वीकृति थिएन । प्लस टु अध्ययन गर्ने क्रममा काम गर्दै पढ्न खोजे । अनि दुईजना डान्सर भाइहरु सन्देश जंग राणा र देव गुरुङलाई लिएर क्रिस्टल कल्ज डान्स स्कूलको शुरुवात गरियो । शूुन्यबाटनै मैल व्यवसायको सुरुवात गरेको हुँ । क्रिस्टल क्लज डान्स क्रुले २०६९ सालबाट काम सुरु गर्यो, औपचारिक रुपमा दर्ता २०७१ सालमा भएको थियोे । सो समयबाट अहिलेसम्म धेरै उतार चढाव आए । बीचमा केही डाउन भयो । अहिले फेरि उचाई लिदै छ, सेवा विस्तार गरेका छौ ।

व्यवसायको क्षेत्रमा कतिको स्ट्रगल गर्नुपर्यो ?

स्ट्रगलको कुरा गर्नुपर्दा हामीले धेरै दुःख गरेका छौँ । हामीले मोबाइलबाट कभर गीत खिच्थ्यौ । विभिन्न ठाउँ पुगेर हामीले मोबाइलबाट खिचेका देख्दा मानिसहरु हाँस्ने गर्थे । केहीले यो क्षेत्रमा कुनै करियर नभएको भनेर भने पनि । ती कुरा कुरा सुन्दा दुःख लाग्थ्यो, तर हामीले हरेस खाएनौ । त्यतिबेला हामीलाई पारिवारिक मात्र नभएर हामीलेनै काम गरिरहेको क्षेत्रका मानिसहरुको समेत सर्पोट नभएको कारण धेरै अप्ठ्यारा आएका थिए । ती सबैलाई छिचोल्दै आज यहाँ आइपुगेका छौँ ।

संघर्षका दिनलाई कसरी सम्झनुहुन्छ ?

हाम्रा सर्घषका दिन कठिन थिए । त्यतिहुँदा पनि हामीले हरेक संर्घषलाई चुनौतीको रुपमा लियौ र अगाडि बढ्दै गयौँ ।

व्यवसायमा सफलता प्राप्त गर्न के के कुरामा ध्यान दिनुपर्छ ?

अनुशासन, धैर्यता, विश्वास, भिजन र कामप्रतिको माया भयो भने व्यवसाय क्षेत्रमा सफल हुन सकिन्छ ।

कति लगानीबाट व्यवसाय शुरु गर्नुभयो, अहिले लगानी कति पुग्यो ?

हामीले शुन्यबाट नै व्यवसायको शुरुवात गरेका थियौँ । अहिले डेढ करोड रुपैयाँको लगानी पुगेको छ । क्रिस्टल क्रु, क्रिस्टल वयर, क्रिस्टल गार्मेन्ट देखि अक्शरा इन्टरप्राइजेजसहित गरेर डेढ करोड लगानी भइसक्यो । हामीले ३८ जनालाई रोजगारी समेत दिएका छौँ ।

व्यवसाय क्षेत्रमा सन्तुष्ट हुने अवस्था छ ?

अहिलेको अवस्थालाई हेर्दा व्यवसाय क्षेत्रमा सन्तुष्ट हुन सक्ने अवस्था त छैन । अहिलेको अवस्थामा सबै क्षेत्रको व्यवसयामा असर परेको छ । हाम्रोमा सबैभन्दा ठुलो समस्या कामदारको रहेको छ । सायद देशको श्रम देशमै भएको भए कामदारको समस्या हुन्थेन होला । यहाँ रहेका कामदारबिच कामप्रतिको लगाव, मेहनत र अनुशासन अपेक्षाकृत नहुँदा कम्पनीले भने जस्तो उपलब्धी गर्न सकेको छैन ।

तपाईंले देखेको सपना ?

शुन्यबाट सुरु गरेको क्रिस्टल क्लज डान्स क्रुलाई क्रिस्टल गुप्र अफ कम्पनी अन्र्तगत क्रिस्टल इन्टरटेनमेन्ट प्रालि, क्रिस्टल डान्स इन्स्टिच्युट, क्रिस्टल गार्मेन्ट, क्रिस्टल वयर मार्फत विस्तार गरेको छुँ । मेरो सपना क्रिस्टललाई ब्रान्डको रुपमा स्थापित गरी यसलाई अन्तराष्ट्रिय ब्राण्ड बनाउने रहेको छ । तत्कालै नसकेपनि अबको १०–१५ वर्षमा स्थापित हुन सक्छौ भन्ने हिसाबले हामी अगाडि बढेका छौँ ।

तपाईंका अबका योजना ?

क्रिस्टल गार्मेन्ट मार्फत कलाकारिता क्षेत्रमा चाहिने सबै कपडा उत्पादन गर्ने योजना छ । अहिले १५ वर्ष देखि ३५ वर्ष सम्मकालाई हुने कपडाहरु उत्पादन भैरहेको छ । क्रिस्टललाई विजनेश हब बनाउने योजना हो, अहिले कपडाको थपे । अब जुत्ता थप्छु । क्षेत्र बढाउदै लैजाने हो । एउटामा सफल भएपछि अरु थप्दै हाम्रो सोच छ । डान्समा स्थापित भएकोले कपडालाई धेरै मार्केटिङ गर्न परेको छैन । क्रिस्टल प्रतिको फ्लोका कारण ब्राण्डस्थापित हुनेमा ढुक्क छौँ ।

तपाईंले अहिले प्रदान गरिरहेको सेवा के के छन् ?

क्रिस्टल वयर आफैले उत्पादन गरेका कपडाहरुका सो रुम छ । जहाँबाट कपडाहरु रिटेल सेलका लागि उपलब्ध गराएका छौँ । यस्तै क्रिस्टल इन्टरटेन्मेन्टबाट फिल्म, म्युजिक भिडियो, इभेन्ट आयोजना तथा लगानी गर्ने गरेका छौँ । क्रिष्टल डान्स इन्स्टिच्युटबाट नृत्य, कोरीयोग्राफि, एक्टिङ क्लासहरु आदि काम भैरहेको छ । यसैगरी हामीले जनचेतनामुलक तथा बालबालिका लागि समेत कार्यक्रम गर्ने गरेका छौँ ।

क्रिस्टलले व्यवसाय विस्तार गर्नुको कारण ?

हामी डान्समा मात्र सीमित हुनु हुँदैन भनेर गतवर्ष क्रिस्टलको लोगो अंकित टिर्सट र जकेटबाट काम सुरु ग¥यौँ । टिर्सट र जकेट बनाउन बाहीर दिएका थियौँ । मार्जिन धेरै नराखी हाम्रो फलोर्स कति रहेछ भनेर परीक्षण गर्न भनेर बिक्रीका लागि राख्यौ । त्यतिबेला हामीले जती तयार पारेका थियौ । एक सातामा बिक्री भयो । अनि हामी उत्साहित बन्यौ । सोही कारण व्यवसाय विस्तार गर्न कस्सियौ ।

क्रिष्टलका प्रदान गर्ने सेवाका लक्षित ग्राहक को हुन् ?

क्रिष्टल गार्मेन्ट तथा क्रिस्टल वयर मार्फत दिइने सेवा टिनएजलाई बढी टार्गेट गरिएको छ । मोडलिङ लाइनमा रुचि राख्ने तथा फेसनपारखीको मागलाई पुरा गर्ने उद्देश्यले क्रिस्टलले सामाग्री उपलब्ध गराउन खोजेको हो । मोडलिङ लाइनमा बढी टिनएजनै हुने भएकोले उनीहरुका आवश्यकतालाई पुरा गर्न सेवा दिन खोजिएको हो । फ्याक्टिबाट सिधै सोरुम सामान आउने भएकोले बजारमा पाइने फेसनेवल कपडा लाई सुपथ मूल्यमा दिएका छौँ । हाल टिनएजका युवा युवती तथा मोडलिङ क्षेत्रमा रुचि राख्नेहरु हाम्रो लक्षित ग्राहक हुनुहुन्छ भने विस्तारै सबै खालका ग्राहकलाई सेवा दिनेछौँ ।

अहिले व्यवसायीलाई परेका समस्या के के छन् ?

कामदारको समस्या, लगानीको डर, बजार राम्रोसँग सञ्चालनमा नआएको कारण दैनिक खर्चलाई व्यवस्थापन गर्न निकै गाह्रो भइरहेको छ ।

अन्तमा के भन्नुहुन्छ ?

पोखराको बास्तोलाथरमा रहेको क्रिस्टलले अब विस्तारै ब्राञ्च खोल्दै आफ्नो उत्पादनको बजार विस्तार गर्ने योजना बनाएका छौँ । मोडलिङक्षेत्र र टिनएजहरुलाई गुणस्तरीय सामान सुपथ मूल्यमा दिँदा उनीहरुको माया पाउने हाम्रो विश्वास छ । क्रिस्टल वयरमा पाटी वयर, हुडी, ज्याकेट, स्कट, कोट, बजारमा चलेको फेसनका कपडा उपलब्ध गराएका छौँ । अहिले क्रिस्टललाई ब्राण्डको रुपमा स्थापित गर्न अगाडि बढ्न मेहनत गर्दैछौ सबैलाई साथ दिन, सर्पोट गर्न आग्रह गर्दछु ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button