पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको निधन

पोखरा न्यूज । पोखरामा कोरोना संक्रमणबाट थप एक पुरुषको निधन भएको छ ।

पोखराको मुटु पोखरा-८ का ७३ वर्षीय संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको कोभिड- १९ उपचार केन्द्रमा उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।

यही पुस २१ गते कोरोना संक्रमण पुष्टि भई उपचार गराइरहनु भएका उहाँको उपचारका क्रममा आइतबार दिउँसो १.४० बजे निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

उहाँको कोरोना संक्रमणसँगै निमोनिया समेत रहेको बताइएको छ । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ९८ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button