गण्डकी प्रदेशमा थपिए २५ जना कोरोना संक्रमित

पोखरा न्यूज । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । कास्की जिल्लाको पोखरामा १७ जना, तनहुँ जिल्लाका ३ जना, नवलपुर जिल्लाका २ जना र बाग्लुङका ३ जनामा सोमबार संक्रमण पुष्टि भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार थप संक्रमितसँगै सोमबार दिउसोसम्म १५ हजार १ सय १८९ जनामा संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिका वडा नं ४ का १ जना पुरुष, वडा नं ६ का ४ जना महिला र १ जना पुरुष, वडा नं ८ का ४ जना पुरुष, वडा नं १५ का १ जना महिला र २ जना पुरुष, वडा नं १६ का १ जना पुरुष, वडा नं १७ का १ जना पुरुष, वडा नं २७ का १ जना पुरुष, वडा नं २८ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ४ का १ जना महिला र २ जना पुरुष, नवलपुर जिल्लाको गैंडाकोट नगरपालिका वडा नं २ का १ जना पुरुष, मध्यविन्दु नगरपालिका वडा नं ६ का १ जना पुरुष, बाग्लुङको बाग्लुङ नगरपालिका वडा नं १ का १ जना महिला र १ जना पुरुष, वडा नं ३ का १ जना पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

सबै संक्रमितहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, भरतपुर अस्पताल चितवनको फिभर क्लिनिक, क्षयरोग उपचार केन्द्र पोखरा तथा लाइफ केयर एण्ड डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परिक्षणबाट पहिचान भएका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button